कुमारित्व फर्काउन सिक्रेट सर्जरी गराउँदै महिलाहरु

काठमाडौं । विवाहका लागि अभिभावक सबैले आफ्नो छोराको लागि राम्रो वधु र छोरीको लागि राम्रो वर रोज्ने गर्छन् । अझ केटिहरुमा कुमारित्व तोडिएको छ वा छैन भन्ने कुराले झनै महत्व दिन्छ ।

किनभने आजका मानिसहरु विवाह हुनु भन्दा अगाडि नै रिलेसनमा बसिसकेका हुन्छन् । जसका कारण विवाह भएपछि सम्बन्धबिच्छेद हुने गर्छ ।

त्यसैले आफ्नो कुमारित्व फर्काउनको लागि केहि युवतीहरु सीक्रेट सर्जरी गरिरहेका छन् ।

कुमारीत्व फर्काउन चाहानेहरुको संख्या दिनप्रतिदिन बढिरहेको सञ्चारमाध्याममा प्रकाशित समाचारमा उल्लेख छ । महिलाहरुले आफ्नो कुमारित्व फर्काउनको लागि प्राइभेट पार्टको अप्रेशन गरिरहेका छन् ।

सीक्रेटका लागि केहि क्लिनिकहरु पनि सञ्चालनमा छन् । यो घटना लण्डनको हो । लण्डनमा अहिलेसम्म यसरी सिक्रेट अप्रेशन गर्ने दुई क्लिनिकको पहिचान खुलेको छ ।

ब्रिटिस डाक्टर पारम्परिक परिवारको दवावमा आएका महिलाहरुलाई उक्त क्लिनिकहरुले भर्जिनिटी रिपेयर अप्रेशन गर्ने गरेका छन् ।

अप्रेशन सफल भएपछि क्लिनिकहरुले धेरै फि लिने गरेका छन् । यो अप्रेशनमा हाइमनको उपचार गरिन्छ । छालामा एक नक्कली गोप्य अंगको निर्माण गरिन्छ ।

जसले विवाह भन्दा पछाडि पहिलो पटक संभोग गर्दा युवती कुमारी नै रहन्छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार यसरी अप्रेशन गर्ने धेरै युवतीहरुमा मध्य पूर्व तथा एशियाका रहेको पाइएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?