…यसकारण तेस्रो लिंगीले अन्तिम संस्कार अरुलाई हेर्न दिँदैनन्

काठमाडौं ।  समाज जतिसुकै बदलिए पनि अहिलेसम्म तेस्रो लिंगीलाई हाम्रो समाजमा समान र सम्मानको नजरले हेरिँदैन । उनीहरुलाई ‘किन्नर’ भनेर चिनाईन्छ । यतिसम्मकी हाम्रो समाजमा आम मानिसको दर्जा दिइएको छैन, उनीहरुलाई । कोही व्यक्ति चाहनामा तेस्रो लिंगी बन्ने होईन । उसको शरीरको आवश्यकता र हार्मोनको कारण उ त्यस्तो हुने हो भनेर पनि मानिसहरु बुझ्दैनन् ।

ठाउँ परिवेश अनुसार उनीहरुको रहन सहनको तरीकादेखि अन्तिम संस्कार सम्म सबै कुराहरु फरक- फरक हुने गर्छन् । तेश्रोलिंगीहरुको दाहसंस्कार मध्य रातको अँध्यारोमा हुने गर्छ ।

उनीहरुको दाह संस्कार हेर्ने अनुमति कसैलाई दिँइदैन । तेश्रोलिंगीहरुको जन्म भगवानको श्रापका कारण भएको मानिन्छ । तर उनीहरुलाई विशेष शक्ति पनि दिइएको थियो ।

त्यसैले कुनै शुभ समयमा उनीहरुको आशिर्वाद लिँदा जीवनमा सुख मिल्ने विश्वास गरिन्छ । यिनीहरुको अन्तिम संस्कारको समयमा कोहि पनि आसपास जाने नियाल्ने अनुमति हुँदैन ।

आसपास जाँदा उनीहरु धेरै रिसाउँछन् । यसरी रिसाउने कारणबारे प्रश्न गर्दा उनीहरु भन्छन्, ‘हामीले यहि कारण धेरै दुख पायौँ । तपाईको यो दिन नआओस् ।’
हुनपनि समाज आज पनि उनीहरुलाई छि:छि: दुदुर्रको नजरले हेर्छ । डराउँछ । भाग्छ । उनीहरुका कुरा सुन्ने हिम्मत र समय निकाल्दैन । यसमा उनीहरु खिन्नता व्यक्त गर्छन् । समाजको चेतना परिवर्तन नआएका कारण उनीहरु अपहेलित हुनुपरेको छ । – एजेन्सीको सहयोगमा

स्मरण रहोस् :  यौनिक तथा अल्पसंख्यक व्यक्तिहरुको हक अधिकारको पक्षमा नेपालमा पनि विभिन्न संस्थाले पैरवी गर्दै आएका छन् । मितिनी नेपाल, निलहिरा समाज र समावेशी मञ्चले यसमा अनुसन्धान खोज र अधिकारको लडाई लडिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?