काठमाडौं । नेपाल विद्यार्थी संघले सरकारले ल्याउन लागेको प्रस्तावित सूचना प्रविधी विधेयकको विरुद्ध विरोध सभा गरेको छ । आज माइतिघरमा एक कार्यक्रम गर्दै विरोध सभा गरेको हो । प्रस्तावित सूचना प्रविधि विधेयक संविधानले सुनिश्चित गरेको वाक स्वतन्त्रता, शक्ति पृथकिकरणको शिद्धान्त तथा समग्र लोकतन्त्रको मर्म विपरित रहेको भन्दै प्रदर्शन गरिएको हो । साथै उक्त विधेयकमार्फत सरकारले व्यक्तिको व्यक्तिगत स्वतन्त्रता साथै गोपनियत समेत भंग गर्ने गरि ल्याउन लागिएको विधेयक मान्दैनौ भन्दै काँग्रेस सम्बद्ध विध्यार्थीहरुले विरोध समेत जनाएका थिए ।
उपस्थित नेविसंघका नेता तथा कार्यकर्ताहरुले बोल्न पाउने हकमा अंकुर लगाएको भन्दै मुखमा कालो पट्ट् बाधेर हातमा ‘हामी केही जान्दैनौ, सूचना प्रविधि विधेयक मान्दैनौ’, ‘व्यक्तिगत स्वतन्त्रता माथि अंकुश लगाउन पाईदैन’ जस्ता नारा लेखिएका पर्चा तथा पम्पेटहरु हातमा लिएर विरोध गरेका थिए ।
उक्त विरोध सभामा पुर्वमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य नविन्द्रराज जोशी, पुर्वमन्त्री एवं काँग्रेस केन्द्रिय सदस्य गगनकुमार थापा तथा काँग्रेस केन्द्रिय सदस्य प्रदिप पौडेल लगायतले सम्बोधन गरेका थिए ।

उक्त विरोध कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस युवा नेता थापाले उक्त विधेयकको बारेमा छलफल गर्न आफूहरु सडकदेखी सदनसम्म तयार रहेको बताएका छन् । थापाले सञ्चारमन्त्री गोकुल बास्कोटाले विधेयक नपढी गरेको भन्ने कुरामा आपत्ती जनाउँदै विधेयकमाथी बहस गर्न तयार रहेको समेत बताएका छन् ।
साथै थापाले सञ्चारमन्त्रीकै शैलीमा नै आफुहरु विधेयकको बारेमा छलफल संसद या माइतिघर कहाँ गर्ने तयार रहेको भन्दै विधेयक नपढी आएर हेप्ने भन्दै प्रश्न चिन्ह समेत खडा गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफुले काम गर्न नसकेको र विरोधीको मुख थुन्न यस्ताे विधेयक ल्याउन लागेको समेत आरोप लगाएका छन् । संसदमा आफुहरु संख्यात्मक हिसावले कमजोर भएको र सरकारले बहुमतको आधारमा विधेयक पास गर्न सक्ने भन्दै आफुहरुलाइ सडकको आवश्यक्ता पर्ने समेत जनाएका छन् ।
यदि उक्त विधेयक जस्ताको तस्तै पारित भएमा सरकारको गुनगान गाउनेहरु मात्र टिक्ने भएकाले उक्त अभिव्यक्ति स्वतन्त्रामाथि अंकुश लगाउन लगाइएको विधेयकको सबैले आ-आफ्नो ठाँउबाट विरोध गर्न समेत आग्रह गरेका छन् ।
यो समाचार पढ्नुभएको थियो?
नेविसंघले प्रस्तावित सूचना प्रविधी विधेयक विरुद्ध विरोध सभा गर्ने, यस्तो छ कार्यक्रम
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया