ए डिभिजन लिग : पाचौँ चरणको अन्तिम दुई खेल आज हुँदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको पाचौँ चरणको अन्तिम खेल आज दुई खेल हुँदैछ । पहिलो खेलमा एपीएफ र संकटा क्लब भिड्दैछन् ।

दोस्रो खेलमा आर्मीले सरस्वती क्लबसँग भिड्दैछ । संकटा र एपीएफबीचको पहिलो खेल दशरथ रंगशालामा मध्यान्न १२ बजे सुरु हुनेछ ।

आर्मी र सरस्वतीबीचको दोस्रो खेल दशरथ रंगशालामा दिउँसो ३ बजे हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?