विवाहको प्रस्ताव अस्वीकार गरेकी मोडलले ४ करोडको औँठी फर्काइनन्…

appharu
0
Shares

एजेन्सी । हामीले कोहि युवकले युवतीसँग विवाहको लागि प्रपोज गरेको खबर त सुनेका नै छौँ । यो समयमा युवकले महंगा गरगहना उपहारका रुपमा युवतीलाई दिएको कुरा पनि हामलिाई थाहा छ । तर प्रपोजल स्विाकार्नै पर्छ भन्ने जरुरी छैन ।

एउटा यस्तै घटना लण्डनमा भएको छ । एक अन्जान युवकले अमन्डा क्रोकिन नाम गरेकी महिलालाई औँठी दिएर विवाहको लागि प्रपोज गरे । युवती एक मोडल हुन् । तर उक्त औँठी चानचुने भने थिएन । त्यो औँठी नेपाली ३ करोड ७२ लाख ८ हजार रुपैयाँ बराबरको थियो ।

तर अचम्मको कुरा त के छ भने ती मोडलले उनको प्रपोजललाई अस्वीकार गरिन् । तर उक्त महंगो औँठी भने आफैँसित राखिन् ।

मोडल अमण्डाका अनुसार उनलाई प्रपोज गर्ने ती पुरुष उत्तरी युरोपका शक्तिशाली मानिसहरु मध्येका एक थिए । उनीहरुको भेट पहिलोपटक न्युवर्कको एउटा होटलमा भएको थियो ।

उनीहरुले त्यो बेलै एकआपसमा चिनजान गरे र आ-आफ्नो नाम बताए । तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार मोडल अमन्डा अहिले क्यानडाका एक युवकसँग डेटमा छिन् ।

अमन्डाका अनुसार उनले प्रपोज गर्ने मानिसलाई म्यासेज पठाएकी थिइन् तर उनले अमन्डालाई धेरै माया गर्ने बताएका थिए । तर अमन्डालाई उक्त मानिसको अर्की श्रीमती भएको थाहा भयो ।

उक्त समयपछि उनले त्यो मानिसलाई भेट्न इन्कार गरिदिइन् । उक्त व्यक्तिले अमन्डासँग विवाह गर्नको लागि अर्काे श्रीमती छोड्ने पनि बताएका थिए ।

उक्त व्यक्तिले अमन्डालाई नेपाली ३ करोड ७२ लाख ८ हजार रुपैयाँ बराबरको औँठी लिएर प्रपोज गर्न आएका थिए । अमन्डाले औँठी उक्त व्यक्तिलाई फर्काउन पनि खोजिन् तर उनले मेरो खुसीको लागि भएपनि लगाउ भनेपछि अमन्डाले औठी लगाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?