क्रेम पुरी गुफाको डरलाग्दो रहस्य !

appharu
0
Shares

एजेन्सी । विश्वमा धेरै अनौठा र रहस्यका ठाउँहरु छन् । त्यसै मध्येको एउटा ठाउँ भारतको मेघालयमा पनि छ । यो गुफाको नाम हो क्रेम पुरी ।

३० जना वैज्ञानिकहरुले सन् २०१६ मा यो गुफाको अनुसन्धान गरेका थिए । उनीहरुले यो गुफा पत्थरबाट निर्मित विश्वकै सबैभन्दा लामो गुफा रहेको बताएका थिए ।

यो गुफा भित्र जानका लागि बेतरिवमा रहेको प्रवेशद्वारको प्रयोग गर्न सकिन्छ । तर यो गुफा कुनै भुल-भुलैया भन्दा कम छैन । यो गुफा भित्र यदि कोहि पनि पस्यो भने बाहिर आउन सक्दैनन् ।

यो गुफाको लम्बाई २४ दशमलव ५ किलोमिटर रहेको छ । साथै मासिनराम गाउँको १३ विर्ग किलोमिटर क्षेत्रफलमा यो गुफा फैलिएको छ ।

भारतीय सञ्चारमाध्यामका अनुसार यस गुफा भित्र हजार भन्दा धेरै साना ठूला भुल-भुलैयाका चक्रब्युहहरु छन् । तर यि सबै चक्रब्युहहरु फरक-फरक किसिमका छन् । यो गुफा भित्र मेन्ढक,माछाजस्ता भयानक जीवहरु बस्ने गर्छन् ।

गुफामा बाहिरको तापक्रमले केहि असर पर्देन । गुफामा जहिल्यै १६ देखि १७ डिग्री सेल्सियसको तापक्रम हुने गर्छ । गुफाका केहि ठाउँमा रहेका प्वालहरुबाट हावा आउने जाने गर्छ ।

त्यसैले गुफामा अक्सिजनको मात्रा कम हुँदैन । वैज्ञानिकहरुले अनुसन्धानमा जलविज्ञान, पुरातत्वविज्ञान, भूविज्ञान र जीवविज्ञान रहेको पत्ता लगाएका थिए ।

उनीहरुले शार्कका दाँत, समुन्द्री डायनोसरका हड्डी तथा बिभिन्न जीवहरुका अस्तिपञ्जर फेला पारेका थिए । उनीहरुले ६ करोड वर्ष पहिला समुन्द्रमा पाइने जीवहरुको अवशेष फेला पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?