९ चैत्र २०७९, बिहीवार

अक्षयकोषमा एक करोड २० लाख भन्दा बढी रकम संकलन

२०७४,भाद्र,३०,शुक्रवार १०:१५

0
Shares

पोखरा, ३० भदौ ।सहारा क्लब पोखराद्वारा स्थापित सहारा एकेडेमीको अक्षयकोषमा आजसम्म एक करोड २० लाख २९ हजार २८१ रुपैयाँ संकलन भएको छ ।अनाथ, असहाय र कठीन अवस्थामा रहेका बालबालिकालाई निःशुल्क आधारभूत शिक्षा र सक्षम राष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले सो अक्षयकोष स्थापना गरिएको हो ।सो एकेडेमीमा हाल १६ जिल्लाका २८ जना बालबालिक बस्दै आएका छन । डेढ वर्षभित्रमा सो अक्षयकोषमा रु.दुई करोड बढी पु¥याउने लक्ष राखिएको क्लबका अध्यक्ष वीरभद्र आचार्यले जानकारी दिए ।क्लबका अध्यक्ष आचार्यले आजै आफनो तर्पmबाट अक्षयकोषमा जम्मा गर्न रु ५५ हजार ५५५ क्लबका कोषाध्यक्ष विश्वराज बराललाई हस्तान्तरण गरे ।यसैबीच आजै पोखरा निवासी दिनेश श्रेष्ठ, दिलीपराज श्रेष्ठ र दीपक श्रेष्ठले आफ्ना स्व पिता आनन्दराज श्रेष्ठको स्मृतिमा अक्षयकोष स्थापना गर्न रु दुई लाख सहयोग गर्ने घोषणा गरेका छन ।

प्रकाशित मिति: २०७४,भाद्र,३०,शुक्रवार १०:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारत केरलास्थित एक प्रसिद्ध मन्दिरको सम्पत्ती नगद मात्र २ हजार ७२० करोडभन्दा बढी रहेको खुलेको छ । यसैगरी

हाम्रा देशमा पनि सत्ता नेतृत्वमा पुगेकाहरु सार्वजनिक कार्यक्रममै उँघेको, र्याल चुहाएको जस्ता घटनाबाट लज्जित बनिरहेका बेला त्यसलाई पनि माथ गर्ने

काठमाडौं । संसारकै सबैभन्दा अग्ली युवतीले आफ्नो जीवनमा पहिलो पटक विमान चढेकी छिन् । महिलालाई चढाउन टर्किस एयरलाइन्सले आफ्नो एउटा

काठमाडौं । माया, प्रेम मानव जीवनका भावनात्मक शब्द हुन् । यी शब्दलाई परिभाषित गर्न असम्भव छ । माया प्रेमका कुरा

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००