ए डिभिजन लिग : पाचौं चरणका खेल आजबाट सुरु, को को भिड्दै ?

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत पाचौं चरणका खेल आज बाट सुरु हुँदैछ । लिगको चौंथो चरणको खेल बिहिबार सकिएपछि खराब मौषमको कारण खेल दुई दिन पछि सारिएको हो । लगातारको वर्षाले मैदान खेल्न योग्य नहुदा एन्फा को टेक्निकल समितिले खेल दुई दिन सार्ने निर्णय गरेको थियो ।

पाँचौं चरणका सम्पूर्ण खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । पाचौं चरणको पहिलो दिन दुई खेल हुनेछ। पहिलो खेलमा न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लबीच प्रतिस्पर्धा हुनेछ । खेल अपरान्ह १२ बजे सुरु हुनेछ । जावलाखेल ८ अंकसहित चौंथो स्थानमा रहेको छ । आठौं स्थानको एनआरटीको ४ अंक रहेको छ ।

दोस्रो खेलमा मछिन्द्र क्लब र मनाङबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलले लिगको शीर्ष स्थानको टुंगो लगाउने छ ।

पाँचौ चरण अन्तर्गत मंगलबार एक खेल मात्रै हुनेछ । जसमा फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पधा हुनेछ । खेल दिउँसो ३ बजे हुनेछ । दुबै टिम जितको खोजिमा हुनेछन किनकि दुबै टिमले जारी लिगमा जित हात पार्न सकेका छैनन् ।

लिग अन्तर्गत बुधबार दुई खेल हुनेछन् । पहिलो खेलमा ब्रिगेड ब्वाइज र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगमा थ्री स्टार छैटौं र ब्रिगेड सातौं स्थानमा रहेका छन् ।

यस्तै दोस्रो खेलमा च्यासल युथ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । जारी लिगमा पुलिस छैठौं स्थानमा छ भने च्यासल नवौं स्थानमा छ ।

पाँचौ चरणको अन्तिम दिन दुई खेल हुनेछन् । बिहीबार हुने खेलमा संकटा क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै अन्तिम खेलमा भने त्रिभुवन आर्मी क्लब र सरस्वती युथबीच प्रतिस्पर्धा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?