१३ मङ्सिर २०८०, बुधबार

रक्सीका लागि आफ्नै छोरालाई २५ हजारमा बेच्ने निर्दयी बाबु

२०७४,भाद्र,३०,शुक्रवार ०९:५९

0
Shares

बीबीसी,सुन्दैमा डरलाग्दो यो घटना छिमेकी मुलुक भारतको ओडिसास्थित भद्रक सहरको हो । त्यहाँ एकजना व्यक्तिले आफ्नो एकवर्षको छोरालाई २५ हजार भारुमा बेचेका छन । निःसन्तान दम्पतिलाई २५ हजारमा छोरो बेचेपछि प्राप्त रकमबाट उनले मोबाइल फोन, गहना, कपडा खरीद गरे भने बाँकी रकम रक्सीमा खर्च गरे ।घटना सार्वजनिक भएपछि प्रहरीले पाण्डिया मुखी नामका ती अभियुक्त र उनका एक छिमेकीलाई पक्राउ गर्‍यो । अनि बच्चाको सकुशल उद्दार गरेर बच्चाको आमाको साथ लगाएको छ । अनि अदालतको आदेशमा बच्चा बेच्ने बाबु र उनका छिमेकीलाई जेल पठाइएको छ ।२५ हजारमा बच्चा खरीद गर्नेको नामचाहीँ सोमनाथ सेठी हो । जसले केही वर्ष पहिले दुर्घटनामा आफ्नो सन्तान गुमाएका थिए र बच्चाबच्ची खरीद गरिदिनका लागि एक दलाललाई ४५ हजार भारु दिएका थिए । दलालले पाण्डियालाई २५ हजार भारु दिएर बच्चा खरीद गरिदिन सफल भयो र बाँकी २० हजार भारु आफैंले राख्यो ।

प्रकाशित मिति: २०७४,भाद्र,३०,शुक्रवार ०९:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पृथ्वीमा धेरै अनौठा जीवहरू पाइन्छ । यी जीवहरू मध्य एउटा कमिला पनि हो । कमिलामा धेरै अनौठो चीजहरू

काठमाडौं । दिन पछी रात र रात पछि दिन आउँनु प्रकृतिको नियम हो । हामी सबैलाई यो थाहा छ ।

काठमाडौं । मोडल भन्नासाथ हाम्रो दिमागमा लामोकपाल चट्ट मिलेका दाँत, आदि आँउछ । तर आज हामी यस्तो मोडलको कुरा गर्दै

काठमाडौं । भारत केरलास्थित एक प्रसिद्ध मन्दिरको सम्पत्ती नगद मात्र २ हजार ७२० करोडभन्दा बढी रहेको खुलेको छ । यसैगरी

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८