सात वर्षका बच्चाले सान्टालाई लेखे यस्तो चिठ्ठी, गरे एक असल पिताको माग !

एजेन्सी । ‘क्रिसमस डे’ विशेष गरि ईसाई धर्मावलम्बीहरुले हर्साेल्लासका साथ मनाएका छन् । ईसाईधर्मावलम्बीहरु क्रिसमस मनाउँदै उक्त दिन सान्टा क्लजसँग इच्छा लागेको कुरा माग्ने गर्छन् ।

यस वर्षको क्रिसमसमा टेक्सासमा पनि क्रिसमसको भव्य आयोजना गरिएको थियोे । क्रिसमसलाई मध्यनजर गरेर टेक्सासमा घरेलु हिंसाबाट प्रभावितले मनाइरहेको स्थान शेल्टरमा एक सात वर्षका बालकले लेखेको चिठ्ठी अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

बच्चाले यो चिठ्ठी सान्टा क्लजलाई लेखेका छन् । उनले चिठ्ठीमा वरदानका साथै एक असल पिताको माग गरेका छन् ।

उक्त चिठीमा लेखिएको छ । प्रिय सान्टा क्लज हामीले आफ्नो घर छोड्नुपरेको छ । मेरो बुबा रिसाउँदा पागल जस्तै हुनुहुन्थ्यो । एक दिन आमाले मलाई भन्नुभयो, ‘यो घर अब हामीले छोडेर जाँदैछौँ ।’

हामी सुरक्षित ठाउँमा जाने आमाले बताउनु भएको छ । तर म अलि नर्भस छु । किनभने हामीसँग केहि पनि छैन । यो पोष्टलाई एक एन्जिओ हेवन अफ टेरेन्ट नामक फेसबुक पेजबाट शेयर गरिएको छ । यो शेयरमा धेरै कमेन्टहरु आइरहेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?