कुकुरले जन्मायो एकै पटक २१ वटा बच्चा, ‘वर्ल्ड’ रेकर्ड बन्दै

काठमाडौं । हाम्रो घरघरमा अहिले कुकुर पाल्ने गरिन्छ । फरक यत्तिमात्र हो,पहिला सुरक्षाको लागि कुकुर पालिन्थ्यो भने अहिले सौखका लागि । आफ्नो घरमा पालेको कुकुरले एकै पटकमा २१ वटा बच्चा जन्मायो भने कस्तो होला ? सँच्चिकै हामी अचम्ममा पर्छौँ ।

तर यो घटना यथार्थमा नै घट्न पुगेको छ । ब्रिटेनमा एक कुकुरले एकैपटक २१ बच्चाहरु जन्माएको छ । म्यारी जन नाम गरेको उक्त कुकुरले एकैपटक २१ बच्चाहरु जन्माएपछि सबै चकित बनेका छन् । यो विश्व रेकर्ड बन्नसक्ने धेरैले अनुमान गरेका छन् । यो भन्दा अघि पनि उक्त कुकुरकै नाममा २४ बच्चा जन्माएको विश्व रेकर्ड छ । कुकुरकी मालिक्नी ज्वेनी हिनका अनुसार यति धेरै बच्चा जन्माउने आश नगरेको भए पनि २१ बच्चा जन्माएपछि अचम्ममा परेको बताएकी छिन् । ६वटा बच्चा जन्मिए लगत्तै मरे पनि अन्य १४ बच्चा भने तन्दुरुस्त रहेका छन् ।  एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?