लञ्च गर्नका लागि राखिएको गोही फरार, सडकमा दौडिरहेको भिडियो भाइरल बन्दै

काठमाडौं । हामीले घडियाल तथा गोहीलाई समुन्द्र तथा तलाउमा मात्र देख्ने गर्छौँ । तर हामीलाई त्यहि गोही बिच सडकमा देख्दा कस्तो होला ?यो आफैँमा अचम्मको विषय हो । तर साँच्चिकै एउटा यस्तो घटना सार्वजनिक भएको छ जसले अहिलेको सामाजिक सञ्जाल तताएको छ ।

क्यानडाको मन्ट्रेयिल शहरमा पशु प्रदर्शनीमा राखिएको गोही प्रदर्शनी स्थलबाट भागेर सडकमा पुगेको थियो । सडकमा मानिसहरु भीँड लागेपछि गोही सडक छेवैमा पार्क गरिरहेको कार मुनि गएर लुकेको थियो । गोही जेरी स्ट्रेट शहरको छतिएब्री एण्ड एवेन्युमा सडक पार गर्दै गर्दा मानिसहरुले देखेका थिए । उक्त गोही एक कम्पनीले बनाएर प्रदर्शनीमा राखेको बताइएको छ । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा तीब्र गतिले भाइरल भइरहेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?