कपडा धुँदै गर्दा वासिङ मेसिन भित्र आफ्नो बच्चालाई देखेपछि बाबुको उड्यो होस

एजेन्सी । हामी सबैलाई थाहा नै छ वासिङ मशिनमा कपडा धुने गरिन्छ । तर मेसिन भित्र आफ्नो बच्चालाई देख्दा कस्को मन नरोला ? यस्तै घटना एक पिताको साथमा घटेको छ ।

उनले कपडा धुँदै गर्दा मेसिनमा आफ्नो नजर लगाए । नजर मेसिनमा पर्ना साथ बच्चा मेसिन भित्र देखेपछि उनी बेहोस भए । उनलाई होस आएपछि मात्र थाहा भयो कि उनले बच्चाको कपडामा बच्चाको फेस प्रिन्ट गरेका थिए ।

सोसल मिडियामा यो फोटो अहिले निकै भाइरल भइरहेको छ । साथै फोटोमा कमेन्ट पनि अत्याधिक आइरहेको छ । सोशल मिडियामा यो फोटो उनै पिताले शेयर गरेका छन् जसको साथमा यो घटना घटेको थियो । उनले फोटो पोष्ट गर्दै क्याप्सनमा लेखेका छन्, तपाईँ यदि आफ्नो मन पर्ने कपडा धुँदै हुनुहुन्छ ।

बिशेष त आफ्नो बच्चाको फेस प्रिन्ट गरेको कपडा धुँदै हुनुहुन्छ भने त्यसमा एक चेतावनी अवस्य लेखिदिनु होला । फोलाई अरसियन एण्ड हिज बाइक आईडीबाट शेयर गरिएको छ ।

केहि सञ्चार माध्यामहरुले भने उक्त व्यक्तिकी पत्नी वासिङ मसिनमा कपडा धोइरहेको र उनले बच्चाको फोटो प्रिन्ट गरेर छपाएको टिसर्ट धुँदै गर्दा वासिङ मेसिनमा बच्चालाई देखेपछि बेहोस भएको खबर प्रकासित गरेका छन् ।

यो फोटो अहिले सामाजिक सञ्जालमा तीब्र गतिमा भाइरल भइरहेको छ । कमेन्टमा कसैले भने यस्तो घटना हामीलाई आयो भने हामी पनि बेहोस हुन्छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?