ड्राइभिङ्ग लाइसेन्सको ट्रायल दिन छोरो आमा बनेर गएपछि …!

एजेन्सी । गाडिको ड्राइभिङ्ग लाइसेन्स लिन ट्रायलमा पास हुनुपर्छ । अर्थात् ट्रायलमा गाडि चलाउनु पर्छ र नीयमहरु पार गर्नुपर्छ । धेरै पटक कोसिस गर्दा पनि गाडिका लाइसेन्स ननिस्किएपछि छोरा नै आमाको ट्रायल दिन पुगेका छन् ।

आमाको भेषमा उनका छोरा गाडिको ट्रायलका लागि पुगेका हुन् । यो द्दटना ब्राजीलको हो । सबैले उसलाई महिला भनेरै पत्याएका थिए । तर उनको बोलि र हाउभाउले गर्दा उनी पक्राउ परे ।

छाराले आफ्नो आमाको लाइसेन्स निकाल्नको लागि आमाकै ड्रेस लगाए र मेकअप पनि उस्तै गरे । मानिसहरुले उनलाई महिला भनेर त्यस्तै व्यवहार गरिरहेका थिए । तर उसको आवाज र हिँडाइले गर्दा घटनाले अर्कै रुप लियो ।

आमा जस्तै बनेर गएका मानिस ब्राजिलका हेटर रहेका छन् । उनी ब्राजिलको पोर्टो वेल्होमा बसोबास गर्ने गर्छन् । उनकी आमा माइरा ६० वर्षकी छिन् । उनले यस अघि पनि तीन पटक ट्रायल दिइसकेकी छिन् र उनी तीनै पटक ट्रायलमा फेल भएकी थिइन् । यस अवस्थामा ३४ वर्षीय हेटर आमाको भेषमा ट्रायल दिन गएका थिए ।

रोन्डोनिया स्टेट ट्राफिक डिपार्टमेन्टका एग्जामेनर एलिन मेन्डोन्काले पुलिसलाई सामान्य महिला नभएको भन्दै जानकारी गराइन् । उनको आवाज पुरुषको थियो । ट्रायल दिनका लागि जब हेटर गाडिमा बसे एलिन पनि उनीसँगै गाडिमा बसिन् ।

तब उनलाई हेटर महिला नभएर महिलाको भेषमा आएको पुरुष भन्ने कुरा थाहा पाइन् । उनले हेटरसँग उनको परिचय पत्र मागिन् । परिचय पत्र हेर्ने बित्तिकै उनी हेटर भएको पत्रा लाग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?