श्रीमतीलाई इम्प्रेस पार्न श्रीमानको यस्तो काम, बन्यो बिश्व रेकर्ड

एजेन्सी । रुसका ३४ वर्षीय एक व्यक्तिले श्रीमतीलाई इम्प्रेस पार्नकै लागि २१८ टन गह्रौँ ट्रेन तानेर बिश्व रेकर्ड बनाएका छन् ।

बिश्व रेकर्ड बनाउनको दौडमा उनले ब्लादिवोस्तक शहरको ट्रेन तानेका हुन् । रुसमा ह्युमन माउण्टेन नामबाट चर्चित इवानका अनुसार ट्रेन तान्नको लागि उनले एक वर्ष यता कठिन परिश्रम गरिरहेका थिए ।

इवान सैकिनले यो ट्रेन श्रीमतीलाई इम्प्रेस पार्नको लागि तानेको बताएका छन् । ट्रेन तानेर उनले वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाएका छन् । उनले ट्रेनमा पाएको यो उपलब्धधीसँगसँगै अबको लक्ष्य १२ हजार टन गह्रौँ पानी जहाँज तान्ने रहेको बताएका छन् ।

रुसी मिडियाका अनुसार उनले यो भन्दा पहिले पनि रेलको इन्जिन र बिमान खिचेको बताएको छ । तर उनले यो पटक भने निकै गह्रौँ रेल तानेका हुन् । यो उपलब्धिलाई अहिले बिशेष महत्वका साथ हेरिएको छ ।

यो भन्दा अगाडि मलेशियाका क्वालालम्पुरको रेल्वे स्टेशनमा १८ अक्टुबर २००३ मा वेलु रथनकृष्णले दाँतले २६०।८ टनका दुई केटीएम् ट्रेन ४।२ मिटर परसम्म तानेका थिए ।

उनले पनि वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाएका थिए । भारतको मध्यप्रदेशको विदिशामा बसोबास गर्ने ब्रह्मचारी आशिषले पनि दाँतले नै ६५ टन भारी रेल्वे इन्जिन दाँतले तानेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?