गूगल म्यापले यसरी गरायो पति पत्निबीचको सम्बन्ध बिच्छेद !

काठमाडौं । पेरुको राजधानी लिमामा भएको एउटा अचम्मको घटनाको अहिले बिश्वभर नै चर्चा भइरहेको छ । आजको २१ औँ शताब्दीमा विज्ञानले बिभिन्न आविष्कार गरेको छ ।

नयाँ प्रविधिको विकास सँगसँगै मानिसहरुलाई गूगलबाटै धेरैजसो कुराहरु खोज्न सजिलो भएको छ । कामको सहजतासँगसँगै कसैलाई भने गुगलले उठिबास पनि लगाएको छ ।

केहि दिन अगाडिमात्र पेरुमा एउटा यस्तो अचम्मको घटना भएको छ जसको कारण पति पत्निको सम्बन्ध बिच्छेद भयो ।

पेरुको राजधानी लिमामा गूगल म्यापका कारण पतिले आफ्नी पत्नी धोकेबाज भएको थाहा पाएका छन् । पत्नीको यस्तो कर्तुत थाहा पाउने बित्तिकै उनले पत्नीसँग सम्बन्ध बिच्छेद गरेका हुन् ।

पतिले गूगल म्यापमार्फत बाटो खोज्दै गर्दा एक महिलालाई फेला पारेका थिए। ध्यान दिएर उनले गुगल म्यापमा उक्त महिला को रहेछ भनेर जान्न खोजे । नियालेर हेर्दा उक्त महिला आफ्नै पत्नी रहेको उनले फेला पारेका हुन् ।

पत्नी घर आएपछि पतिले त्यसको बारेमा जिज्ञासा राखे । पत्नीले झूट बोल्न थालेपछि पतिले गूगल म्यापबाट लिइएको फोटो पत्नीलाई देखाए ।

पुरुष उक्त महिलाको काखमा सुतिरहेको फोटो श्रीमानले देखाएपछि उनलाई उक्त घटना स्वीकार्न बाध्य भयो ।

उक्त फोटोमा उनी अर्कै पुरुषसंग कुनै पार्कमा मस्तसँग बसेको देखिन्छ । फोटोमा उनकी पत्निको काखमा ति पुरुषले टाउको राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?