दराजको ‘अन्तिम भव्य किनमेल मेला १२.१२’ भोलीदेखि, के के छन् सुविधा?

काठमाडौं । नेपालको अनलाइन् खुद्रा बिक्रेता दराजले भव्य मेला आयोजना गर्ने भएको छ । दराजले ‘वर्षको अन्तिम भव्य किनमेल मेला दराज १२.१२’ घोषणा गरेको हो । जस अन्तर्गत दराज मार्फत उपभोक्ताहरुले अन्तर्राष्ट्रिय र स्वदेशी ब्राण्डका सामानमा ६० प्रतिशत सम्मको छुट पाउने भएका छन् ।

गत नोवेम्बर महिनाको ११ तारिखमा दराजले एकदिने ११.११ मेला आयोजना गरेको थियो साथै उक्त मेलामा व्यापारमा रेकर्ड तोडेको थियो । यस वर्षको ११.११ मेलामा ३ हजार भन्दा बढी विक्रेता थिए । भने पचास हजार भन्दा बढी उपभोक्ता रहेका थिए । उक्त  मेला अन्तर्गत खुद्रा बिक्रेता दराजले २४ भन्दा बढी सहरमा १.५ लाख भन्दा बढी सामानहरुको व्यापार गराउन सफल भएको थियो ।

उक्त योजना मार्फत दराजका बैंकिङ पार्टनरको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी अनलाइन पेमेन्ट गर्दा समेत छुट पाउने व्यबस्था गरिएको छ । यस अन्तर्गत थप २० प्रतिशत वा एक हाजर पाँच सयसम्मको छुट पाउने व्यबस्था रहेको छ ।

त्यति मात्र नभएर मेलामा सहभागी भइ मेगा डिल, क्रेजी भाउचर पाउनुका साथै उपभोक्ताले मिसन १२.१२ र वानरुपी गेम लगायतका खेलमा सहभागी भई उपहार समेत प्राप्त गर्न सकिने छ ।

उक्त भव्य किनमेल मेला डिसेम्बर १२  अर्थात बिहीबारदेखि पुष २ सम्म हुने दराजले जनाएको छ ।

लोकपथबाट प्रकाशित यी समाचारहरु पढ्नुभएको थियो?

दशैँमा अनलाइन सपिङ गर्दै हुनुहुन्छ ? अपनाउनुस् यी सावधानी

तिहारमा अनलाइन सपिङ गर्दै हुनुहुन्छ ? अपनाउनुस् यी सावधानी

६८ सेकेन्डमै अलिबाबाले गर्यो १ अर्ब डलरको सामान बिक्रि

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?