पहाडकी रानी, मदहोश पार्ने ईलाम जानी ? (फोटोमा हेर्नुहोस् )

बिप्लव/अनिता –  पहाडकी रानी ईलाम । आहा ! कस्तो राम्रो उपनाम । साँच्चै ईलामलाई दिइएको यो उपनाम जस्तै नै छ, ईलाम । लजालु प्रेमिकाजस्तै लाग्ने ईलाम बादलुको घुम्टोमा कतिबेला लुकिदिन्छ त कतिबेला घुम्टोबाट चिहाएर आफ्नो सुन्दरताले मदहोश पारिदिन्छ ।

प्रदेश एकमा पर्ने चौध जिल्लामध्ये ईलाम एक हो । पहाडी जिल्ला ईलामको उत्तरमा पाँचथर, दक्षिणमा झापा, पश्चिममा पाँचथर र मोरङ जिल्ला अनि पूर्वमा भारतको पश्चिम बंगाल अन्तर्गत दार्जलिङ अवस्थित छ । समुद्री सतहबाट १४० मिटर उचाइको तराईदेखि उत्तरतिर चुरे पहाड, मध्यपहाड हुँदै ३ हजार ६ सय ३६ मिटरको उच्च पहाडसम्म पुग्ने इलाममा धर्तीमा उचाइ अनुसारकै विविध प्रकारको हावापानी पाइन्छ। यही धरातलीय स्वरूपका कारण मौसममा अदलबदल भइरहनु यहाँको प्रमुख विशेषता हो ।

आँखाले भ्याएसम्म थुम्काथुम्की बनेको निख्खर हरियो आकर्षक र मनमोहक चियाबारीले घण्टौँसम्म पर्यटक होल्ड गर्ने क्षमता राख्छ । छिमेकी जिल्लादेखि देश विदेशलाई आफ्नो सुन्दरमा मन्त्रमुग्ध पारिराख्ने तागत  बोकेको ईलाम उचाईमा भएकोले तलका खोँचहरुमा बादलको आकर्षक तरेलीहरु बनेका हुन्छन् ।

विभिन्न आकृतिमा बन्ने ती दृश्य निकै लोभलाग्दा हुन्छन् । त्यसमाlथ ईलामेली आतिथ्यता, ईलामे चियाको चुस्की, घोडसवारी, छुर्पीको स्वाद, ईलामे छुट्टै स्वादको ललीपप, ताजा घ्यू, अकबरे खुर्सानी, होमस्टे, व्यवस्थित होटल, ताजा फलफूल त्यहाँका कोसेली नै हुन् ।

चियाबगानमा चिया टिप्दै गरेका मजदुर, नेपाली मौलिक पहिरनमा रमाउने पर्यटक तथा विभिन्न जातिय पहिरनमा सजिएर आफ्नो तस्वीर खिच्न लालायित शैक्षिक भ्रमणमा आएका स्कुले केटाकेटी देखि युवायुवती, अधबैंशे, वृदवृद्धा को घुईचो बगानैभरि देख्न सकिन्छ । यिनै विशेषता बोकेको ईलाम नेपालीमात्रै नभई विदेशी पर्यटकको लागि समेत कहलिएको नाम हो ।

विभिन्न नगदे वाली, अम्रिसा, अलैची, अदुवा, दूध, किबी फल, एभोकार्डो विभिन्न प्रकारका जडिबुटी उत्पादनका अर्गानिक चिया चाख्न ईलाम पुग्छन् । वनभोज खानेहरू भीड पनि बाक्लै हुन्छ, ईलाममा   छिन्तापु, श्रीअन्तु, सिद्धिथुम्का जस्ता रमणीय पहाडहरू पुगेर स्वर्गिय आनन्द मिल्ने पर्यटकहरु बताउँछन् ।

यसअघि लोकपथमा प्रकाशित यो फोटो – फिचर हेर्न छुटाउनुभएको थियो कि ?

रारा तालको बेहिसाब सौन्दर्य (फोटोफिचर)

 

#नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० को भव्य तयारी गरिरहेको छ । तपाईले पनि ईलामको यो विशेषता आफ्नो साथीभाई, ईष्टमित्र आफन्तकहाँ पुर्याएर नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सघाउनुहोस् है ?

      

यसअघि लोकपथमा प्रकाशित यो फोटो फिचर हेर्न छुटाउनुभएको थियो कि ?

रारा तालको बेहिसाब सौन्दर्य (फोटोफिचर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?