बिहेपछि यति खुलिन् अभिनेत्री ऋचा शर्मा (फोटोमा हेर्नुहोस् )

काठमाडौं – नेपाली सिने जगतकी बोल्ड अभिनेत्री ऋचा शर्मा विवाहको केहि दिनपछि सार्वजनिक गरेको फोटोमा निकै खुलेकी छिन् ।
दिपेक्ष विक्रम राणासँग लगनगाँठो कसेको केहिदिनपछि सार्वजनिक गरिएका तस्वीरमा सिउँदोभरी सिन्दुर लगाउँदा निकै खुलेकी छिन् । उनले सामाजिक सञ्जालमा राखेका यी तस्वीरमा निकै राम्रो देखिएको भन्दै फ्यान, फलोअर्स र शुभचिन्तक तथा आफन्तले कमेन्ट गरेका छन् ।

उनका श्रीमान् दिपेक्ष क्यूएफएक्स ग्रुप अन्तर्गत ललितपुरको लबिम मलका जनरल म्यानेजर हुन् ।

दुई वर्ष यता ऋचा र दिपेक्ष प्रेम सम्बन्धमा थिए । केही समय अघि पोखरामा व्याचलर्स पार्टी आयोजना गरेर ऋचाले आफ्नो विवाह हुन लागेको जानकारी दिएकी थिइन् ।

उनी जारी नेपालको मौलिक पहिलो ‘कमेडी च्याम्पियन’ शो की निर्णायक पनि हुन् ।

यसअघि प्रकाशित समाचार  :: अभिनेत्री ऋचा शर्मा बैवाहिक बन्धनमा बाँधिइन्

_सबै तस्वीरअभिनेत्री शर्माको फेसबुकबाट  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?