अभिनेत्री ऋचा शर्मा बैवाहिक बन्धनमा बाँधिइन्

काठमाडौं : अभिनेत्री ऋचा शर्मा बैवाहिक बन्धनमा बाँधिएकी छिन्। ऋचा शर्मा शनिवार दिपेक्ष विक्रम राणासँग बैवाहिक बन्धनमा बाँधिएकी हुन्।

उनी दुई वर्षदेखि दिपेक्षसँग प्रेममा थिइन्। दिपेक्ष ललितपुरस्थित लविम मलका म्यानेजर हुन्।

ऋचाले सामाजिक सञ्जाल फेसबुकमा विवाहको तस्विर सेयर गरेकी छिन् । उनको तस्विरमा शुभचिन्तकहरुले उनलाई विवाहको शुभकामना दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?