काठमाडौं । आइतबार विहान बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिकाको गम्भिर घाइतेभएसँगै त्यहाँको स्थिति तनाग्रस्त भएको छ । कोहलपुरस्थित त्रिभुवन माध्यामिक विद्यालय नजिकै ट्रकले विद्यार्थीलाई ठक्कर दिएको हो ।
ट्रकले ठक्करदिँदा १३ वर्षीया बालिका प्रकृति चन्द गम्भीर घाइते भएको र उनको कोहलपुरस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उक्त घटनासँगै आक्रोशित स्थानीय र विद्यार्थीले ट्रकमा आगजनी गरेको छन। भने आधा दर्जन अन्य गाडीसमेत तोडफोड समेत गरेका छन् ।
आक्रोसित भिडलाइ नियन्त्रयण गर्न प्रहरीले ३० राउण्ड हवाइ फायर गरेको गरेको छ। त्यसैक्रममा एक बालकलाइ टाउकोमा गोली लागेको छ ।
साथै प्रदर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् ।
यो समाचार पढ्नुभएको थियो ?
बाँकेमा ट्रकको ठक्करबाट स्कुले बालिका घाइते , विद्यार्थीहरुद्वारा ट्रकमा आगजनी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया