८७ दिनपछि भेटियो भारतले चन्द्रमामा पठाएको ‘विक्रम ल्याण्डर’

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले चन्द्रमामा पठाएको विक्रम ल्याण्डर भेटिएको तथ्य पत्ता लागेको छ । गत सेप्टेम्बर ७ मा भारतले चन्द्रयान-२, विक्रम ल्याण्डर चन्द्रमाको सतहमा पठाएको थियो । चन्द्रमाको सतहमा पठाएको उक्त विक्रम ल्याण्डर सम्पर्क विच्छेद भएको थियो । हराएको उक्त चन्द्रयान ८७ दिनपछि भेटिएको अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले जनाएको छ ।

भारतको कम्प्युटर प्रोग्राम तथा मेकानिकल इन्जिनियर सनमुग सुब्रमण्यमले जुटाएको प्रमाणमाथि अनुसन्धान गरेका थिए । उक्त प्रमाणपछि नासाले विक्रम ल्याण्डरको अवशेष भेटिएको पुष्टि गरेको हाे ।

यससँगै नासाले आफ्नो अर्बिटरबाट लिएका तस्बिरहरु समेत सार्वजनिक गरेको छ । उक्त तस्वीरहरुमा विक्रम ठोक्किएको स्थान समेत देखाइएको छ । उसले सार्वजनिक गरेका तस्बिरमा विक्रमको अवशेषलाई रेखांकन गरेको छ ।

उक्त तथ्य पत्ता लगाउन सहयोग गरेकोमा चेन्नइका इन्जिनियर सुब्रमण्यमलाई नासाले धन्यवाद समेत दिएको जनाएको छ ।

विक्रमलाई वैज्ञानिकहरुले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने तयारी गर्न लागेको नासाले जनाएको छ । तर यसपटक भारतीय प्रोग्रामबाट त्यसको प्रमाण भेटेपछि मात्रै नासाले अनुसन्धान सुरु गरेको हो । उक्त यान चन्द्रमाको सतहमा अवतरण हुनुभन्दा २ दशमलब १ किलोमिटर परबाटै सम्पर्क विच्छेद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?