वैदेशिक रोजगारीको डरलाग्दो तथ्याङ्क : सबैभन्दा धेरै नेपाली कतारमा, अन्त कति छन् ?

काठमाडौं। नेपालको मुख्य समस्या भनेको बेरोजगारी हो । अधिकांश नेपाली युवाहरु रोजगारीको खोजी गर्दै खाडी मुलुक लगायत तेस्रो मूलुक गइरहेका छन् । वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्यामा दिनानुदिन वृद्धि भइरहेको तथाङ्कले देखाउँछ ।
देशभित्र पर्याप्त रोजगारीका अवसर सिर्जना हुन नसक्दा युवालाई विदेशिनु बाहेक अर्को विकल्प छैन । अहिले करिब दैनिक १ एक हजार पाँच सयदेखि एक हजार सात सय जना नेपाली रोजगारीको लागि विदेश गइरहेका छन् । विश्व युवा विकास सूचकांकमा नेपालको उपस्थिति १४५ औं स्थानमा रहेको छ ।
नेपालको सन्दर्भमा १६ देखि ४० वर्षको उमेर समुहको जनसंख्या नै युवा हुन् । वि.सं २०६८ को राष्ट्रिय जनगणनाअनुसार युवाको जनसंख्या कुल जनसंख्याको ४०.३५ रहेको छ । हरेक वर्ष मासिक २५ /३० हजारका लागि लाखौं युवा आफ्नो देश छाडेर खाडी तथा अन्य तेस्रो मुलक पलायन हुँदै आएका छन् ।
२०७३/०७४ मा नेपालीहरु संसारभरका १ सय ४२ देशमा कामको खोजीका गएको आधिकारिक तथ्यांकले देखाएको छ। तिनै यूवाहरुलाई रोजगारी दिएबापत एक हजारभन्दा बढी म्यानपावर एजेन्सीको कारोबार चल्दै आएको छ।

२०७३/०७४ मा १ हजार ७२ म्यानपावर एजेन्सीले विदेशका २ हजार ८ सय ९६ एजेन्सीका लागि कामदार आपूर्ति गरेका छन् ।

नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले न्यूनतम पारिश्रमिक निर्धारण गर्दै आएको छ । तर सबै रोजगारी गर्न गएकाहरुले यो सुविधा पाएका छैनन् ।

नेपाली युवाहरुको मुल्यविहीन श्रमको उपयोगको लागी विभिन्न माध्यमद्धारा विदेश लैजाने क्रम बढ्दो मात्रामा रहेको छ ।

जापानीज भाषा कोरीयन भाषा, डिभी लगाएतका माध्यम द्वारा पलायन भएका छन् । नेपाली मेनपावर एजेन्सीहरु दलालहरु र रेमिटेन्स लगाएत अन्य माध्यम द्धारा नेपाली युवा विदेश पलायन हुने गर्दछन् ।

आर्थिक वर्ष २०७५ / ७६ मा संस्थागत र व्यक्तिगत गरि ५ लाख ८ हजार ८ सय २७ जना वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजानिक गरेको बार्षिक प्रतिवेदनमा ४ लाख ७६ हजार ७ सय ४ जना पुरुष र ३२ हजार १ सय ३२ जना महिला गरि ५ लाख ८ हजार ८ सय २७ जना रोजगारीको खोजीमा विभिन्न देश पुगेका छन् ।

यस्तै, यो आर्थिक वर्षमा वैदेशिक रोजगारीमा शिलशिलामा विभिन्न देश पुगेका ७ सय ५३ जनाले विदेशमा ज्यान गुमाएका छन् ।
रोजगारदाता देशमा ७ सय २३ पुरुष र २० महिलाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । गत आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा करीब डेढ लाख कम नेपाली वैदेशिक रोजगारीका लागि विदेश गएका छन् । विभागको तथ्यांक अनुसार १ लाख ४७ हजार कम वैदेशिक रोजगारीमा गएका छन् ।

गत आर्थिक वर्षको तुलनामा १५.७ प्रतिशत कम वैदेशिक रोजगारीमा गएको विभागको तथ्याङ्कमा छ । यो वर्ष मलेसियाको रोजगार बन्द हुँदा विदेशिनेको संख्यामा गिरावट आएको देखिएको छ । आर्थिक वर्ष २०७४ / ७५ मा ६ लाख ५५ हजार नेपाली वैदेशिक रोजगारीमा गएको विभागको तथ्याङ्कमा छ । यो आर्थिक वर्षमा  १ लाख ६५ हजार ३ सय २८ जना पुरुष र महिला ४ हजार ८ सय ८७ जना गरि १ लाख ६१ हजार २ सय १५ जना कामको खोजीमा कतार पुगेका छन् ।

यसर्थ यो वर्ष सबैभन्दा धेरै नेपाली रोजगारीको खोजीमा कतार गएका छन् । यस्तै १ लाख ६ हजार ३ सय ८३ जना पुरुष र १३ हजार ४ सय ७२ जना महिला गरी १ लाख १९ हजार ८ सय ५५ जना युएईमा गएको विभागको तथ्याङ्कमा छ। कतारपछि  रोजगारीका खोजीमा धेरै यूवाहरु साउदी गएको विभागको तथ्याङ्कमा छ ।

तथ्याङ्क अनुसार १ लाख १५ हजार ८ सय ७१ जना पुरुष र २ हजार ३३ महिला गरि १ लाख १७ हजार ९ सय ४ जना रोजगारीका लागि साउदी गएको विभागको तथ्याङ्कमा छ ।

यस्तै जापान, साइप्रस, माल्टा, मोरिसस, अफ्रिकी मुलुक, युरोपका देश, क्यानडा र अमेरिका रोजगारीका खोजीमा करिब ५० हजार मानिसहरु परदेशीएका छन् ।

कतार, साउदी र युएईमा ७० प्रतिशत नेपाली रोजगारीको खोजीमा गएको विभागको तथ्याकमा छ ।

यो आर्थिक वर्षमा सवैभन्दा धेरै मलेसिया गएका नेपालीको मृत्यु भएको छ ।

मलेसियामा २ सय २४ जना पुरुष र ५ जना महिला गरि २ सय २९ जना ज्यान गुमाएको बोर्डको तथ्याङ्कमा छ ।

मलेसिया पछि रोजगारीका लागि साउदी पुगेका नेपालीका मुत्यु भएको छ । साउदीमा १ जना महिलासहित १ सय ९३ जनाले ज्यान गुमाएको बोर्डले जनाएको छ ।

हरेक निर्वाचनमा अब देशमा उद्योग – धन्दा कलकारखाना खुल्ने तथा हजारौँ यूवाहरुलाई स्वदेशमा आफ्नै परिवारसँग बसेर पसिना बगाउने र आयस्तर उच्च बनाउने आशाहरु बाँडीन्छ तर अफसोच माथिको तथ्यांक हेर्ने हो भने नेपालीहरुको महान् पर्व दशैँ, तिहार, छठ र नेपाल सम्बत परेकै बेला पनि परदेशीने यूवाहरुको लर्को रोकिन सकेको छैन । बरु गाउँ बाँझो भएको, खेतियोग्य जमिन ध्वजा फाटेको तथा उर्वर भूमि मरुभूमिजस्तो बन्न पुगेको छ । आयात बढेको बढ्यै छ । महंगी बढेको बढ्यै छ । गाउँघरमा मलामीको समेत अभाव हुनेगरी यूवाहरुको डरलाग्दो पलायन बढीरहदा समेत सरकारको चेत खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?