तपाईले कहिल्यै सेतो काग देख्नुभएको छ ? यसबारे पौराणिक र वैज्ञानिक तथ्य यस्तो छ

काठमाडौँ । तपाईले अक्सर घरको छतमा कालो रङ्गको काग बसेको देख्नुभएको होला । तर के तपाईले सेतो रङ्गको काग देख्नुभएको छ ? हामी सबै यहि सोच्छौं की काग कालो रङ्गको मात्र हुन्छ । र कसैले यो प्रश्न गरेमा तपाईले जवाफ दिइहाल्नुहुन्छ सेतो पनि काग हुन्छ र ! काग त कालो पो हुन्छ ।

हाम्रो आसपास कालो रङ्गका कागहरु प्रशस्त पाइन्छन् । तर भारतको मध्ये प्रदेशमा कहिले काही सेतो रङ्गको देखिने गरेको छ । सेतो रङ्गको काग देखिएमा शुभ हुने त्यहाँका स्थानियहरु बताउँछन्। केही समय अगाडी मध्ये प्रदेशको दतवाडामा सेतो रङ्गको काग देखिएको थियो । यस भन्दा पहिले २०१७ मा मध्ये प्रदेशको सतनामा सेतो रङ्गको काग देखिएको थियो ।

कसरी भयो कागको रङ्ग कालो ?

पौराणिक मान्यता अनुसार, पहिले कागको रङ्ग सेतो हुने गर्थ्यो । तर अमृत मन्थनपछि अमृतको लोप गर्दा यसको रङ्ग कालो हुन पुग्यो । मान्यताका अनुसार धेरै लामो समय पहिले ऋषिले एक सेतो कागको अमृत खोज्नका लागि उसलाई आदेश दिएको थियो । कागले अमृतको जानकारी प्राप्त गर्यो तर उसले अमृत पिउन भने गल्ती गर्‍यो । धेरै लामो समयसम्म कागले अमृतको खोजीमा भौतारी रह्यो । अन्तत एक दिन उसको कठिन परिश्रमका कारण अमृत प्राप्त गर्यो । तर उसको मनमा अमृत पिउने लोभ आयो र उसले त्यस अमृत पियो । त्यसपछि उ ऋषि भएको ठाउँमा रित्तै फर्कियो । ऋषिले अमृत किन नल्याएको भनेर सोध्दा कागले सबै सत्य कुरा बतायो । कागले अमृत पिएको कुरा सुनेपछि ऋषि क्रोधित भएर उसलाई श्राप दिए । ऋषिको वचन भङ्ग गर्नका लागि उसले आफ्नो अपवित्र चुच्चोले पवित्र अमृतको जुठो गर्‍यो । मानिसहरुले उसको चुच्चोलाई घृणा गर्दे आएका छन्। यति मात्रै होइन ऋषिले कागलाई आफ्नो कुडलीको कालो पानीमा डूबाएर उसको रङ्ग कालो गराइदिए । त्यस पछी काग रङ्ग कालो भएको मान्यता रही आएको छ ।

वैज्ञानिक कारण

यस्तै वैज्ञानिकहरुले सेतो रङ्गको कागमा फरक तर्क गर्दै आएका छन्। वैज्ञानिकहरुका अनुसार सेतो काग पनि कालो कागहरु जस्तै हुन्छन्। तर अनुवांशिकता दोष ‘ल्यसीज्मका’ कारण केही कागको रङ्ग सेतो हुने गर्छ । वैज्ञानिकका भनाइ अनुसार, संसारमा कागको यति धेरै प्रजाति रहेको छ । जसको शरीरिरमा कुनै कुनै स्थानमा सेतो रङ्ग रहेको हुन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?