यस्तो छ एनआईसी एशिया बैंकको ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’

काठमाडौँ । एनआईसी एशिया बैंकले ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ का विषयमा केही अस्पष्टता देखिएको भन्दै थप प्रष्ट पारेको छ ।

बैंकले आफ्ना ग्राहकलाई अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले यो योजना सार्वजनिक गरेको र जुन ‘सुपर चमत्कारिक रिकरिङ्ग निक्षेप खाता’ को नाम परिर्वतन मात्र रहेको एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

‘आम जनमासहरुलाई सजिलो संग बुझ्न र बुझाउन सजिलो होस् भन्ने हेतुले यस योजनालाई “सुपर चमत्कारिक मासिक निक्षेप खाता” भनि नामाङ्कन गरीएको हो’, बैंकले भनेको छ, ‘रिकरिङ्ग निक्षेप एक विशेष प्रकारको मुद्दती निक्षेप योजना हो जसमा ग्राहकमहानुभावहरुले आफ्नो भविष्यको विभिन्न योजनाहरुको लागि चाहिने वित्तिय श्रोत जुटाउनका लागि मासिक रुपमा किस्ताको हिसाबले उक्त खातामा जम्मा गरी चाहिएको रकम जम्मा गर्न सकिन्छ ।’

रिकरिङ्ग निक्षेप योजना अन्तर्राष्ट्रिय बैंकिङ्ग अभ्यासमा समेत प्रचलित रहेको योजना रहेको बताउँदै बैंकले नेपालमा समेत केहि बैंकहरुले विभिन्न नाममा रिकरिङ्ग निक्षेप योजनाहरु सञ्चालन गरी निक्षेप श्रोत परिचालन गरिरहेको प्रष्ट पारेको छ ।

बैंकले सार्वजानिक गरेको सुपर चमत्कारिक खाताहरु अन्र्तगत उक्त ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ बचत खाता नभई एक विशेष प्रकारको मुद्दती खाता भएको बताउँदै भनेको छ, ‘ग्राहकले ३ महिना देखी १० वर्षसम्मको लागि आफ्नो आवश्यकता अनुशार खाता खोल्न र मुद्दती निक्षेपकै ब्याज आर्जन गर्न सक्नेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?