एनआइसी एशिया बैंकले ल्यायो ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ योजना

काठमाडौं । बैंकिङ क्षेत्रमा छुट्टै नाम बनाउन सफल एनआइसी एशिया बैंकले ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ योजना सार्वजनिक गरेको छ । आफ्ना ग्राहकहरुलाइ अधिकतम सेवा प्रदान गर्नका लागी भन्दै बैंकले यस्तो योजना सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख रहेको छ । उस योजना अन्तर्गत पुराना तथा नयाँ खाता खोली ग्राहकहरुले थोरै थोरै रकम बैंकमा जम्मा गरि बिभिन्न ठाँउमा लगानी गरि आफ्नो आम्दानीलाइ नियमित बचत गर्न सक्नेछन् ।

साथै ग्राहकले ३ महिनादेखी १० वर्षसम्म न्युनतम ५०० रुपैयाँ रकमका दरले खाता सुचारु गर्न सकिने बैंकले जनाएको छ । यसै योजना अन्तर्गत ग्राहकहरुले कुनै समयमा आफुसँग अतिरिक्त रकम उपलब्ध भएमा १०० को गुणन दरले ५०० भन्दा बढि रकम जम्मा गरि ९ दशमलब ७५ प्रतिशतका दरले व्याज प्राप्त गर्न सकिने पनि बैंकले जनाएको छ । यदि ग्राहकले कुनै महिनामा रकम जम्मा गर्न असमर्थ भएमा अर्को महिनामा बिना कुनै अतिरिक्त शुल्क बिना बुझाउने सकिने पनि सुबिधा रहेको बैंकले जनाएको छ ।

यस निक्षेप योजना अन्तर्गत आम मानिसमा बचत गर्ने बानीलाइ थप सहज बनाउँदै, बचतमा प्रोत्साहन गर्ने र बचतको समेत उचित प्रतिफल प्राप्त गर्न सकिने बिश्वास बैंकले लिएको छ ।

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2019/11/Supar-chamatkarik-Masik-Nichhep-Khata-NIC-ASIA-1.pdf” title=”Supar chamatkarik Masik Nichhep Khata NIC ASIA”]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?