आमासहित २ छोरीको विभत्स हत्या प्रकरण : पूर्णबहादुरसहित २ जना पक्राउ

काठमाडौं । गत कात्तिक १६ गते गुल्मिको चन्द्रकोटमा एक महिला र दुई बालिकासहित तीन जनाको विभत्स हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

गात कात्तिक १६ गते मृत भेटिएको शवको बिहिबार मात्र पहिचान भएको थियो । शवको पहिचाहन भएसँगै हत्यामा संलग्नलाई शुक्रबार सार्वजनिक गरिएको छ ।

हत्या अभियोगमा बाग्लुङ गल्कोट नगरपालिका–८ ज्यामिरेका ४६ वर्षका पूर्णबहादुर सुनार र १९ वर्षका माधव सुनार पक्राउ परेका छन् । अर्का एक अभियुक्त भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मोरङ कानेपोखरी गाउँपालिका– ३ हरकपुर घर भइ हाल पोखरा महानगरपालिका बस्दै आएकी ३२ वर्षकी सरिता भन्ने शिवमाया लिम्बु र उनका ७ वर्षका जुम्ल्याहा छोरीहरु गंगा र जमुना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मी र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले अभियुक्तलाई पोखरा महानगरपालिका २५ हेम्जास्थित डेराबाट पक्राउ गरेको हो ।
घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कसरी भयो घटना ?

गत कात्तिक १६ गते पूर्णबहादुर र सरिता मोरङस्थित पूर्णबहादुरको घर जाने भन्दै होटलबाट निस्किएका थिए । ‘घर लगेर राख्छु’ भन्दै फकाएर पूर्णबहादुरले शान्तिपुर हुँदै सरितालाई लिएर आएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

स्रोतका अनुसार पूर्णबहादुरले सरिताको हत्या गर्ने योजना अगाडी नै बनाइसकेका थिए योजनानुरूप नै उनले दुई जनालाई नै घटनास्थलमा बोलाएका थिए । सोही अनुरुप बाग्लुङ्ग र गुल्मीको सीमानामा पर्ने चन्द्रकोट गाउँपालिका–३, हर्राचौरको उर्लेनी भन्ने अनकन्टार भीर जङ्गलमा ल्याएर तीन जनाले योजनाबद्द तरिकाले सरितासहित दुई छोरीहरुको विभत्स हत्या गरेका हुन् ।

सरिता र एक बालिकाको शव १० मिटर र अर्को बालिकाको शव २० मिटरको दूरीमा फेला परेको थियो ।

हत्याका मुख्य योजनाकार ४६ वर्षीय पूर्णबहादुर सुनारसहित दुई जना पक्राउ परिसकेका छन् । पूर्णबहादुरसँगै १६ वर्षीय भतिज माधव सुनारलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्याल्य गुल्मीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

उनीहरुलाई पोखरास्थित आफ्नै होटलबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न एकजना फरार रहेको र फरार व्यक्तिको खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ ।

याे छुटाउनुभयाे कि ?

आमासहित २ छोरीको विभत्स हत्या प्रकरण : शारीरिक सम्वन्ध, बिहे गर्छु भन्दै लगेका पूर्णबहादुरले…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?