दुग्ध विकास संस्थानले माग्यो कर्मचारी, एसईई पास गरेकालाई पनि अवसर (सुचानासहित)

काठमाडौँ । दुग्ध विकास संस्थानले १२३ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । संस्थानले शुक्रबार एक सूचना प्रकाशित गरी अधिकृतस्तरमा ३३ जना र सहायक स्तरमा ९० जना कर्मचारी माग गरेको हो ।

आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी पदको प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गरिने संस्थानको पदपूर्ति समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आगामी मंसिर १९ गतेभित्र र दोब्बर दस्तुर तिरी मंसिर २६ गतेभित्र आवेदन दिन सक्नेछन् ।
सूचना हेर्नुहोस्ः

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2019/11/Notice_खुला_आन्तरिक_2076.pdf”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?