वैदेशिक रोजगार विभागले भन्यो, ‘मलेसियाका लागि उठाएको पैसा फिर्ता देउ’ (सूचनासहित)

काठमाडौँ | मलेसियाका लागि बैदेशिक रोजगारीमा जाने कामदारहरुको प्रक्रियामा इमिग्रेसन सेक्युरिटी क्लियरेन्स र वायोमेट्रिक स्वास्थ्य परीक्षणका लागि रकम उठाएका म्यानपावर कम्पनीहरुले रकम फिर्ता दिन वैदेशिक रोजगार विभागले निर्देशन दिएको छ ।

कामदार पठाउने सम्बन्धमा वैदेशिक रोजगार विभागले सोमबार एक विज्ञप्ती जारी गर्दै १८ सय कामदारको मात्र पूर्व श्रम स्वीकृति निस्केको तर करिब एक लाख भन्दाबढी कामदारको मेडिकल र जिएसजी भई कामदारसँग ठुलो रकम उठाएको भन्दै म्यानपावर कम्पनीहरुलाई रकम लिएको भए फिर्ता गर्न विभागले जनाएको छ ।

मलेसिया जाने कामदारको पूर्व स्वीकृति बमोजिम छनोट प्रक्रिया पूरा नहुँदै कुनै पनि व्यक्तिले मेडिकल र जिएसजीका नाममा रकम उठाउन नपाउने भएकाले ती दुबै प्रक्रियामा सहभागी नहुन समेत रोजगारका लागि जाने कामदारहरुलाई आग्रह समेत गरेको छ ।

पूर्व स्वीकृति लिई कामदार छनोट भइसकेपछि मेडिकल र जीएसजी गर्न पठाउँदा पत्र र लट नम्बरसहित पठाउन पनि विभागले अनुरोध गरेको छ । कामदारको वायोमेडिकल स्वास्थ्य परीक्षण गर्दा ४ हजार ५ सय र जीएसजी गर्दा ३ हजार २ सय गरी ७ हजार ७ सय खर्च लाग्ने बताइएको छ ।

जुन रकम कामदारले मलेसिया पुगेपछि रोजगारदाताले दिनेछन् । रोजगारीको ग्यारेन्टी नभई अग्रिम आफुखुसी तथा म्यानपावर मार्फत मिलेर वायोमेडिकल स्वास्थ्य परीक्षण र जीएसजी गर्नेहरुको संख्या बढेपछी विभागले सचेत गराएको बताएको छ ।

हेर्नुहोस् सूचनासहित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?