वैज्ञानिकको अनुमान भन्दा ७ करोड बर्षअघि नै पुतली अस्तित्वमा

बर्लिन, २७ पुस । विभिन्न प्रजातिका पुतलीहरु पृथ्वीमा झण्डै २० करोड वर्षअघि नै अस्तित्वमा आएको देखिएको छ नयाँ प्रमाणहरुले पुतली वैज्ञानिकहरुले विगतमा गरेको अनुमान भन्दा पनि ७ करोड बर्ष अघि नै अस्तित्वमा आएको देखिएको हो जर्मनीको चट्टानमा वैज्ञानिकहरूले धुलोको कणको आकारको पुतलीको जीवाश्म फेला पारेपछि यो तथ्य बाहिर आएको हो । यसबाट पुतलीको उत्पत्ति भएको भनिएको समय त्यो भन्दा अघि नै रहेको पुष्टि भएको हो पुतलीको प्रारम्भिक अवस्थाबारे अध्ययन गरेर उनीहरूका संरक्षणबारे थप ज्ञान हासिल हुनसक्ने बताइएको छ ‘साइन्स एडभान्सेज’ नामक जर्नलमा प्रकाशित लेखमा पुतलीहरू कसरी अन्टार्टिका महादेश बाहेक सर्वत्र पुग्न सफल भए भन्नेबारे विभिन्न जानकारीहरू समेटेको छ वैज्ञानिकहरूले पछिल्लो खोजले पुतलीहरू सुरुवाती चरणका डाइनोसरहरूसँगै पृथ्वीमा रहेको र डाइनोसर लोप हुँदा समेत उनीहरू बाँच्न सफल भएको पुष्टि गरेको उल्लेख गरेका छन् यो अध्ययनले पुतलीहरूले वासस्थान लोप हुने र जलवायु परिवर्तन जस्ता आधुनिक चुनौती कसरी खप्न सक्छन् भन्नेबारे थप अध्ययन गर्न मद्दत पुर्याउने वैज्ञानिकहरूको विश्वास छ । एकदमै कमजोर प्रकृतिका जीव मानिने पुतलीको यति पुरानो जीवाश्म फेला पर्नु अति नै दुर्लभ मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?