क-कसले पाए यो वर्षको नोबेल पुरस्कार ? (नामावलीसहित)

काठमाडौं । सन् २०१९ को लागी पनि नोबेल पुरस्कारको घोषणा गरिएको छ । प्रत्येक वर्ष अक्टोबरमा घोषणा हुने नोबेल पुरस्कार बिभिन्न ६ विधामा प्रदान गरिदै आएको छ । सम्बन्धित क्षेत्रमा योगदान पुर्याएबापत नोबेल समितीले घोषणा गर्दै आएको पुरस्कार यस वर्षपनि घोषणा भएको हो । त्यसै अनुसार यस वर्ष भौतिक शास्त्र , रसायन शास्त्र , साहित्य र फिजियोलोजी/मेडिसिन विधामा विजेताहरू घोषणा भइसकेका छन् भने शान्ति र आर्थिक विज्ञानतर्फको पुरस्कार घोषणा हुन बाँकी रहेको छ ।

क-कस्ले पाए यस वर्षको नोबेल पुरस्कार ?

भौतिक शास्त्र :
यो वर्षको भौतिक शास्त्रतर्फ अन्तर्गत नोबेल पुरस्कार तीन जनालाइ प्रदान गरिने भएको छ । २०१९ को भौतिक शास्त्र नोबल पुरस्कारबाट सम्मानित हुनेहरूमा जेम्स पिब्लेस्, माइकल मेयर र डिडेर क्यवलोज रहेका छन्। पिब्लेस्ले भौतिक ब्रह्माण्डमा सैद्धान्तिक आविष्कारहरूको शिक्षणमा केन्द्रित हुनुभएको थियो । भने मेयर र क्यवलोजले ब्रह्माण्ड बाहेकका अन्य ग्रहको अध्ययनमा केन्द्रित रहनुभएको थियो । साथै उहाँहरुको खोजका कारण संसारलाई हेर्ने अवधारणा नै परिवर्तन भएको नोबेल समितीले जनाएको छ ।

 

 

 

 

 

 

 

 

 

 

रसायन शास्त्र :
सन् २०१९ को रसायन शास्त्रतर्फ नोबेल पुरस्कारबाट जोन वि. गुडइनफ, एम.स्ट्यिाले विटिङहाम र अकिरा योशिन्हो पुरस्कृत हुनुभएको छ । यी तीन वैज्ञानिकहरूले लिथियम–आयन ब्याट्री विकास र विस्तार गर्नुभएको थियो । यसकारण गर्दा वायरलेस, जीवाष्म इन्धनमुक्त समाजको विकास हुने जग बसालेको समितिले जनाएको छ।

 

 

 

 

 

 

 

 

 

 

साहित्य :
यो वर्ष नोबेल पुरस्कार अन्तर्गत साहित्यतर्फ दुई जनालाई पुरस्कृत गरिएको छ। सन् २०१८ का लागि साहित्य विधाको पुरस्कार पोल्यान्डकी उपन्यासकार ओल्गा टोकारजुकले पाउनुभएको छ । भने सन् २०१९ का लागि अस्ट्रियाका पिटर ह्यान्डकेलाई दिइएको छ। गत वर्ष यौन उत्पीडन आरोपको बीचमा नै साहित्यको पुरस्कार रद्द गरिएको थियो।

 

 

 

 

 

 

 

 

 

 

 

 

फिजियोलोजी/मेडिसिन :
साथै यस वर्षको फिजियोलोजी/मेडिसिनमा नोबेल पुरस्कार विजेता विलियम जि. केलिन, सर पिटर जे. र्‍याटक्लिफ र ग्रिग एल सोमेन्जा भएका छन् । उहाँहरूले शरीरमा भएको अक्सिजनको विभिन्न प्रतिक्रियामा जीनको क्रियाकलापलाई नियन्त्रित गर्ने आणविक मेसिनरीको पहिचान गरेका नोबेल समितिले जनाएको छ। उहाँहरूको कामले एनिमिया, क्यान्सर लगायतका रोगहरूको नियन्त्रण कसरी गर्ने भन्नेमा सिकाइ हुने पनि समितिले बताएको छ।

 

 

 

 

 

 

 

 

त्यस्तै नोबल शान्ति पुरस्कार अक्टोबर ११मा घोषणा गरिने भएको छ भने आर्थिक विज्ञानतर्फ अक्टोबर १४, सोमबार घोषणा गरिने भएको छ। टाइम अखबारका अनुसार नोबेल पुरस्कार विजेताहरूलाई पदक, प्रमाणपत्र र नौ लाख डलर प्रदान गरिनेछ। एक विधामा एक जनाभन्दा बढी विजेता भए उक्त रकम बाँडेर लिनुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?