आजबाट ‘छ माया छपक्कै’

काठमाडौं । दीपेन्द्र लामाको निर्देशनमा निर्माण भएको चलचित्र ‘छ माया छपक्कै’ शुक्रबार (आज) बाट प्रदर्शनमा आउँदैछ । यसअघि चलचित्रको ट्रेलर, गीत तथा प्रमोसनल गीत युट्युव मार्फत सार्वजनिक भईसकेको छ ।

चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे(माग्ने बुढा), जितु नेपाल(मुन्द्रे), सुपुष्पा भट्ट, बुद्धि तामाङ(हैट) लगायतका कलाकारको प्रमुख भूमिका छ । साथै अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटाको पनि अभिनय छ ।

रोहित अधिकारी निर्माता रहेको चलचित्रमा केदारप्रसाद घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेका छन् भने कथा निर्देशक लामाले नै रहेको छ । दीपकराज गिरीको पटकथा रहेको चलचित्रमा दीपकराज गिरी, केदारप्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यु निरवीले संयुक्त रुपमा संवाद तयार पारेका हुन् ।

‘छ माया छपक्कै’ को प्रमोसनल गीत ‘बीचबीचमा’, ‘ब्याउने’ शब्द बिबादमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?