‘छ माया छपक्कै’ को प्रमोसनल गीत ‘बीचबीचमा’, ‘ब्याउने’ शब्द बिबादमा

काठमाडौं । चललित्रको प्रचारप्रसारमा नयाँ नयाँ विधि अपनाउने दीपक–दीपा टीमले चलचित्र ‘छ माया छपक्कै’ को प्रमोसनका लागी कलाकार दुर्गेशको सहारा लिएको छ ।

कलाकार दुर्गेश थापाले यहि वर्षको तीजमा सार्वजनिक गरेको गीत ‘बीचबीचमा’ लाई प्यारोडी बनाउँदै प्रमोसनल गीतका रुपमा सार्वजनिक गरिएको हो ।

तीजको अवसरमा दुर्गेशले बजारमा प्रस्तुत गरेको गीत एकाएक भाइरल बनेको थियो । चलचित्र ‘छ माया छपक्कै’ को शीर्ष कलाकारको अभिनय देख्न सकिने यो गीतमा फिल्ममा प्रचार गरिएको छ ।

गीतमा केकी अधिकारी र दीपकराज गिरीको प्रेम प्रसङ्ग पनि जोडिएको छ । गीतमा प्रयोग भएको ब्याउने शब्दले गीत अहिले बिबादमा मुछिएको छ । गीतमा दीपाश्री ब्याउने कुरा छ भन्ने शब्द प्रयोग गरिएको छ । त्यहि शब्दलाई लिएर सामाजिक सञ्जालमा अहिले विभिन्न प्रकारका टिकाटिप्पणी हुन थालेका छन् ।

दीपेन्द्र लामाको निर्देशन रहेको यो चलचित्रमा रोहित अधिकारीको लगानी रहेको छ । चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट लगायतका कलाकारको भूमिका रहेको छ । पहिले दशैँअघि नै रिलिज हुने भनिए पनि यो चलचित्र असोज २४ गतेदेखि प्रदर्शनमा आउँने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?