काठमाडौँ – दशैँको चहलपहल बढेसगै हामीले धेरै कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । पछिल्ला चाडवाडको समयहरुलाई नियाल्ने हो भने चाडवाडको समयमा लुटपाट चोरी डकैती जस्ता आपराधीक गतिविधि बढ्ने गरेको पाईन्छ । लुटपाट भन्ने बित्तिकै गहना लुटपाट पकेटमार नै पर्छन् । चाडपर्वमा गहनाको प्रयोग बढेको पाईन्छ । गहना लुटपाट /चोरीको समाचार सुनिरहेका हुन्छौ त्यसो त उतिसारो ध्यान दिएका हुँदैनौँ । चाड वाडमा चोरिको बिगबिगी बढेको पाईन्छ । हुलमुलमा गहनाको प्रयोग नगर्नु नै उचित हुन्छ । चाडपर्वको चहलपहलमा, मान्छेको भिडभाडमा, हुलमुलमा गहनाको प्रयोग नगर्दा राम्रो हुन्छ ।
पाकेटमार र लुटेरा बाट सुरक्षित रहने उपायहरु :
– बढी पैसा वा गहना लिएर हिँड्नु पर्ने अवस्था आएमा साथीसँग हिँड्नुहोस् । बढी पैसा लिएर वा गहना सकेसम्म सार्वजनिक सवारी प्रयोग नगर्नुहोस् ।
– भीडभाड हुने क्षेत्रमा जाँदा वा किनमेल गर्दा आफ्नो पर्स र गर गहना आदिको विशेष ख्याल राख्नुहोस् ।
– सार्वजनिक गाडीहरुमा चढ्दा बढी पैसा बोक्नु पर्ने भएमा पैसा भए जस्तो भान नगराउनुहोस् ।
– बढी भीडभाड भएको गाडीभित्र शंकास्पद व्यक्तिहरु तथा गाडीमा बढी हलचल गर्ने, कोड भाषा प्रयोग गर्ने समूहसँग सुरक्षित हुनुहोस् र उनीहरुलाई आफूले नै बढी निगरानीमा राख्नुहोस् ।
होशियार ! यस्ता छन् पाकेटमारका कोडभाषा : ध्रुवदाइ उर्फ पैसावाला (कोडभाषा सहित)
दशैँ : पाकेटमारले मौका छोप्लान है ! होशियार यस्ता छन् कोड भाषा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया