मदन पुरस्कारबाट ‘रणहार’का योगेश राज र जगदम्बाश्री पुरस्कारबाट वैरागी काइँला सम्मानित

काठमाण्डौं । २०७५ सालको जगदम्बा–श्री पुरस्कारबाट बैरागी काइँला र मदन पुरस्कारबाट योगेश राजलाई सम्मान गरिएको हो । मदन पुरस्कार विजेता योगेश राजलाई उहाँको ‘रणहार’ कृतिका लागि पुरस्कृत गरिएको हो ।

यसैगरी बैरागी काइँला (तील विक्रम नेम्बाङ) लाई लिम्बू भाषा, मुन्धुम संस्कार र संस्कृतिको अध्ययन–अनुसन्धान तथा अभिलेखन गरी नेपाली वाङ्मयको समृद्धिमा उल्लेखनीय योगदान गरेकाले २०७५ सालको जगदम्बा–श्री पुरस्कारबाट सम्मानित गरिएको हो ।

मदन पुरस्कार गुठीले ललितपुरमा आयोजना गरेको कार्यक्रममा गुठीका अध्यक्ष कुन्द दीक्षितले स्रष्टालाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बैरागी काइँलाले मुन्धुमबारे बृहत विवेचना गर्दै यसबारे प्रकाश पार्नुभएको थियो । यस्तै योगेश राजले रित्ता ठाउँको इतिहास विषयबारे प्रष्ट पार्नुभएको थियो ।

यस अघि भदौ १ गते आईतबार बसेको मदन पुरस्कार गुठीको साधारणसभाले दुई स्रष्टालाई प्रदान गरिने निर्णय गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?