मदन पुरस्कार ‘रणहार’का राज र जगदम्बाश्री पुरस्कार वैरागी काइँलालाई प्रदान गरिने

appharu
0
Shares

काठमाडौं । यस वर्षको मदन पुरस्कार ‘रणहार’ पुस्तककाका लेखक योगेश राजलाई प्रदान गरिने भएको छ ।

आईतबार बसेको मदन पुरस्कार गुठीको साधारणसभाले मदन पुरस्कार राजको रणहार र जगदम्बाश्री पुरस्कार वरिष्ठ साहित्यकार वैरागी काइँलालाई प्रदान गरिने निर्णय गरेको हो ।

मदन पुरस्कारका लागि गुठीले सानु शर्माको एकादेशमा, विन्दु शर्माको ओक्कल दोक्कल पिपल पात, कुमार नगरकोटीको ज्ञ, छुदेन काविमोको फातसुङ, महेश थापाको मरीचिका, योगेश राजको रणहार र ध्रुव सापकोटाको विचारको लाशलाई सम्भावित कृतिको सूचीमा राखेको थियो ।

गुठीलाई प्राप्त भएका २५७ कृतिहरुबाट छनौट गरिएको गुठीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?