संविधान खारेज हुनुपर्छ : गुरुङ

काठमाडौं  : नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव डा. ओम गुरुङले संविधान खारेज हुनुपर्ने भन्दै यो संविधान संशोधन गरेर पार नलाग्ने बताउनुभएको छ ।

जनजाति महासंघलगायत विभिन्न संघसस्थाले बुधबार राजधानीमा आयोजना गरेको ‘संविधान संशोधनका सवालहरू’ विषयक छलफल कार्यक्रममा उहाँले संविधान जनविरोधी भएकाले खारेज गर्नुपर्नेमा दोहोर्याउनुभयो ।

यसैबिच नेपाली कांग्रेस नेता इन्द्रबहादुर गुरुङले आफूहरू १४ प्रदेश बनाउनु पर्ने पक्षमा रहेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्  :

      संविधान दिवस : ३ दिन दिपावली गर्न सुदूरपश्चिम प्रदेश सरकारको अनुरोध

 संविधान दिवस भव्य रुपमा मनाइने

    संविधान दिवस : मधेशका लागि किन भयो कालो दिवस ? 

                                                            संविधान दिवस महानगर झिलिमिली बनाउँदै काठमाडौं महानगरपालिका

यस्तै समाजवादी पार्टीकी केन्द्रीय सदस्य कमला हेमचुरीले भने संविधान पुनर्लेखन गर्नुपर्नेमा जोड दिनुभयो ।
राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनालले भन्नुभयो, संविधान संशोधन गर्ने कि नगर्ने ? गर्ने भए कुन–कुन विषयमा गर्ने ? भन्ने विषयमा स्पष्ट हुनुपर्ने बताउनुभयो ।

लेखक तथा विश्लेषक युग पाठकले अधिकार माग्नेहरूले विद्यमान ज्ञान प्रणालीमाथि नै प्रश्न उठाउन सक्नुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?