संविधान दिवस : ३ दिन दिपावली गर्न सुदूरपश्चिम प्रदेश सरकारको अनुरोध

काठमाडौं । आज असोज १ गते । सुदूरपश्चिम प्रदेश सरकारले संविधान दिवसको अवसरमा तीन दिन घर–घरमा दीपावली गर्न सबैलाई आह्वान गरेको छ । असोज २, ३ र ४ गते साँझ सबै सरकारी कार्यालयका साथै घर–घरमा सरसफाइ गरी दीपावली गर्न आग्रह गरिएको हो । असोज ३ गते संविधान जारी भएको अवसरमा यो दिपावली गर्न आग्रह गरिएको हो ।

के छ कार्यक्रम ?
नेपालको संविधान २०७२ नेपालको विद्यमान संविधान हो । यो नेपालको तत्कालीन ‘संविधान सभा’ ले बनाएको हो । यो जनताका प्रतिनिधिले पारित गरेको पहिलो र नेपालको सातौं संविधान हो । संविधान सभाको दोश्रो निर्वाचनबाट निर्वाचित संविधान सभाले २०७२ साल भदौ ३० गते यो संविधान दुई-तिहाई भन्दा बढी मतले पारित गरेको हो । साथै नेपालकै इतिहासमा जनता माझ गएर मस्यौदा तयार गरिएको यो पहिलो र विश्वको सबैभन्दा पछिल्लो संविधान हो । नेपालको तराई क्षेत्रका केही जिल्लाहरूमा यस विरुद्ध आवाज उठाइए पनि यो संविधान नब्बे प्रतिशतभन्दा बढीको बहुमतमा राष्ट्रपतिबाट घोषणा गरिएको हो ।
बुधबार मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलन संविधान दिवस मूल समारोह समितिले २ गते सबै मन्त्रालय, सरकारी कार्यालयमा राष्ट्रिय झण्डा एवं व्यानर फहराइनेछ । त्यही दिन प्रदेशको सामाजिक विकास मन्त्रालयले खेलकुद कार्यक्रम आयोजना गर्ने छ । त्यस्तै असोज ३ गते बिहान ७ बजे धनगढीको ट्राफिक चौराहबाट रंगशालासम्म झाँकीसहित प्रभातफेरी गर्ने तथा असोज ४ गते सबै कार्यालय हाताभित्र वृक्षरोपण गर्ने र राजधानी गोदावरीमा पनि वृक्षरोपण गरिने मूल समारोह समितिले जनाएको छ ।

कार्यक्रमको सहजीकरणका लागि मुख्यमन्त्रीको अध्यक्षतामा संविधान दिवस मूल समारोह समिति गठन गरिएको छ भने ४ वटा उपसमिति पनि गठन गरिएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?