फेसबुकले लाइक बटन हटाउँदै

काठमाडौं | लोकप्रिय सामाजिक संजाल फेसबुकले पोष्ट लाइक बटन हटाउने भएको छ । फेसबुकले लाइक बटनलाई हटाउने फेसबुक स्वयंले यसको पुष्टि गरेको हो । अहिलेबाटै लाइक बटन हटाउने कुराको फेसबुकले परीक्षण सुरु गर्दैछ ।

समाचारअनुसार परीक्षणको रुपमा प्रयोगकर्ताहरुले अब आफ्ना पोष्टमा केहीमात्रै लाइक्स देख्न पाउनेछन् । अर्थात् अब फेसबुक पोष्टमा लाइक गर्नेहरुको सबै संख्या देखिने छैन । यसबाट फेसबुक प्रयोगकर्ताहरुले आफ्नो पोष्टमा आएका लाइक्सलाई अरुसँग दाँज्न छाड्नेछन् । जसका कारण बढी लाइक्स आउनेलाई लोकप्रिय तथा शक्तिशाली ठान्ने र आफ्ना पोष्टमा कम लाइक्स आएमा डिलिट गर्ने प्रवृत्ति पनि हट्ने विश्वास गरिएकेा छ ।

पोष्टहरुको लोकप्रियता मापनका लागि लाइक बटन मुख्य मापदण्डसमेत मान्ने गरिएको छ । अर्थात् फेसबुक पोष्टमा जति धेरै लाइक्स प्राप्त भयो उति नै धेरै उक्त पोष्ट लोकप्रिय रहेको मानिन्छ ।

फेसबुकले लाइक फिचर हटाउने परीक्षण कहिलेदेखि सुरु गर्ने भन्ने कुराको बारेमा जानकारी दिएको छैन । एजेन्सी

यो पढ्नुभयो ?

साबधान! फेसबुकमा टाईप गर्दै मेटाउँदै गर्ने गर्नुभएको छ ? फेसबुकबारे थाहा नभएका अनौठा कुरा
आफ्नो फेसबुक अकाउन्ट सुरक्षित राख्न यी तरिका अपनाउनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?