साबधान! फेसबुकमा टाईप गर्दै मेटाउँदै गर्ने गर्नुभएको छ ? फेसबुकबारे थाहा नभएका अनौठा कुरा

appharu
104
Shares

तपाई कति समय सामाजिक सञ्जाल फेसबुक चलाउनुहुन्छ ? आफूले फेसबुक चलाएदेखि आजका दिनसम्म पक्कैपनि नयाँ नयाँ प्रविधी टुल्सहरुबारे क्रमिक रुपमा थाहा पाउनुभयो होला । तर फेसबुकले उसकै फिचरमा रहेर विभिन्न खालका सामाग्री पस्किरहेको हुन्छ । यसबारे तपाईलाई थाहा छ ?

1. फेसबुकले प्रयोगकर्तालाई पैसा कमाउने प्लेटफर्म पनि दिएको छ। व्यवसायीको लागि नयाँ अप्सनहरु बनाइरहन्छ । भिडियो सेयरिङ अप्सन वा अन्य विभिन्न सामाग्री सेयर गरेरपनि तपाईले फेसबुकबाट पैसा कमाउन सक्नुहुन्छ ।

2. के तपाइलाई थाहा छ ? फेसबुक प्रयोगकर्ताले आफ्नो मृत्युपछि पनि आफ्नो अकाउन्ट अरु मानिसलाई सुम्पिन सकिन्छ। अधिकांश फेसबुक प्रयोगकर्तालाई लाग्न सक्छ, मरेपछि आफ्नो अकाउन्ट के होला रु या मरिसकेका व्यक्तिको अकाउन्ट फेसबुकले के गरेको होला । आफ्ना प्रयोगकर्ताको मृत्यु भएको रिपोर्ट कसैले फेसबुकमा गर्योप भने उसले विभिन्न तथ्य जुधाएर यथार्थ खोजेर प्रयोगकर्ताको मृत्यु भएको पुष्टि भएमा फेसबुकले मृतकको प्रोफाइललाई मेमोरलाइज्ड गर्छ । त्यसपछि उक्त अकाउन्ट कसैले पनि लग इन वा परिवर्तन गर्न सक्दैन ।

3. तपाई फेसबुकमा कुनै कुरा अपलोड गर्दै हुनुहुन्छ भने पक्कै टाईप गर्नुहुन्छ अनि ‘ईरेज’ पनि गर्नुहोला तर तपाईले स्ट्याटस अपडेटमा जे टाइप गरेपनि त्यो सिधैं सर्भरमा आउँछ। तपाईले पोस्टट नगरेका टेक्स्टहरु पनि सर्भरमा गएको हुन्छ ।

4. एक तथ्यांकअनुसार प्रत्येक मिनेटमा फेसबुकमा १८ लाख पटक लाइक बटनको प्रयोग गरिन्छ।

5.फेसबुक फेक एकाउण्टहरुको आँकडा ८.७ प्रतिशत छ ।

6.तपाईं आफ्नो फेसबुक अकाउन्ट लग इन गरेर इन्टरनेटमा अरू काम गरिरहनुभएको छ भने फेसबुकले तपाईंका सबै गतिविधि रेकर्ड गरिरहेको हुन्छ ।


7. फेसबुक भिजिटपछि प्रयोगकर्ताले आफ्नो जिन्दगी उजड महशुस गर्छन् किनकी मानिसहरुले हरेक खुसी मुमेन्ट फेसबुकमा सेयर गरिरहेका हुन्छन् ।

8. फेसबुकमा नियमितजसो दैनिक ६ लाख पटक ह्याकिङका प्रयासहरु हुन्छन्।

9. फेसबुकमा नियमित झुण्डिरहनेहरुमा फेसबुक एडिक्सन डिसअर्डर अर्थात् एफएडी नामको रोगले समात्छ । विश्वमा करोडौँ मानिस एफएडीबाट ग्रसित छन् ।

10. ‘साइट डाउन’ हुँदा फेसबुकले प्रत्येक एक मिनेट बराबर २५ हजार डलर बराबरको नोक्सान ब्यहोर्छ ।

11. हामीले मन पर्यो भन्न दबाउने लाईक बटनको नाम पहिले ‘असम‘ थियो।

12. अधिकांश देशमा फेसबुक सामाजिक सञ्जालमा एक नम्बरमा छ । तर, फेसबुक विश्वका केही देशमा भने प्रतिबन्धित छ । चीन, इरान, उत्तर कोरिया, लगायत देशमा फेसबुक चल्दैन ।

13. हाल फेसबुकमा तीन करोड मृत मानिसको एकाउण्ट छ ।

14. एक सय वर्षमा मृत मानिसको फेसबुक एकाउण्टको तथ्याङ्क ५० करोड पुग्ने अनुमान गरिएको छ ।

15. धेरै पटक मृत्युको कारण बनेको फेसबुकमा बालबालिकाहरुको एडिक्सन चाहिनेभन्दा २० औँ गुणा बढी छ ।

16. फेसबुकले होस्टिङका लागि मात्रै हरेक महिना तीन करोड डलर खर्च गर्नुपर्छ ।

17. फेसबुकले नीलो रङ प्रयोग गर्नुको कारण निकै रोचक छ ।यसका संस्थापक मार्क जुकरबर्गलाई कलर ब्लाइन्डनेस छ । उनले सबैभन्दा राम्रोसँग देख्न सक्ने रङ नीलो भएकाले नीलो रङमा फेसबुक डिजाइन गरिएको हो ।

18. चित्त नबुझेपछि हामी फेसबुकमा मानिसहरुलाई ब्लक गर्छौ नि ! फेसबुकमा ब्लक गर्न नसकिने एकजना वयक्ति फेसबुकका संस्थापकमार्क जुकरबर्ग हुन् ।

19. केहि टिप्पणिकर्ताले फेसबुकको लोगो एफ सँगै एउटा निहुँरीएर फेसबुक चलाइरहेको मानिसको फोटोसँग दाँज्दै एफको अर्थ निहुँरिरहने भएकोले एफ राखेको भन्ने टिप्पणी गरेका छन् । यसबारे फेसबुकले आधिकारीक रुपमा केहि बताएको छैन ।

20. संसारभरका एक तिहाई मान्छेका लगि सूचना प्राप्त गर्ने पहिलो स्रोत फेसबुक नै हो ।

21. यसको सुरुवाती डोमिन द फेसबुक डटकम थियो ।

22.फेसबुक सर्भरमा ३ सय पेटाबाईट डाटा स्टोरेज गरिएको छ । अनुमान लगाउनुहोस् त एक पेटाबाईटमा १० लाख गिगाबाईट हुन्छ ।

23. एक सेकेन्डमा ८ जना नयाँ प्रयोगकर्ता थपिन्छन् ।

24. फेसबुकमा २० लाख सक्रिय विज्ञापनकर्ता छन् ।

25. तपाईले डिलिट गरेको म्यासेज सर्भरमा कहिल्यै डिलिट हुँदैन ।

26. तपाईले ‘वन्ली मि’ गरेर पोष्ट गरेको स्टाटस समेत सर्भलाई थाहा भइसक्छ ।

27. संसारभरको दिनको सवा एक बजेदेखि सवा दुई बजेसम्म सबैभन्दा धेरै अन्तक्रिया हुन्छन् ।

28.फेसबुकमा ९० सेकेन्डको भिडियो अत्याधिक प्रयोग हुन्छ ।

जुकरबर्गलाई यो फेसबुक बनाउन २ हप्तामात्रै लागेको थियो । (यो समाग्री विभिन्न एजेन्सीको सहयोगमा तयार पारिएको हो । अंग्रेजी जर्नल तथा शोधहरुमा यो कुरा समावेश छ । फोटो प्रतिकात्मक गूगलबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?