विप्लवका छोरा प्रकाश चन्द रिहा

appharu
0
Shares

काठमाडौं – प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) का छोरा प्रकाश चन्दलाई प्रहरीले रिहा गरेको छ । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरुसँगै प्रकाशलाई पनि प्रहरीले हिजो पक्राउ गरेको थियो ।

अस्पतालभित्र हुलहुज्जत गर्न खोजेको भन्दै प्रकाशसहित एक दर्जन बढी विद्यार्थीहरुलाई प्रहरीले चितवन मेडिकल कलेजबाट नियन्त्रणमा लिएको थियो ।

यो पनि : विप्लवका छोरा प्रकाश चन्द चितवनबाट पक्राउ

चितवन मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन अगाडिदेखि विभिन्न माग राखी आन्दोलन गरिरहेका छन् । आन्दोलनको अगुवाइ प्रकाश चन्दले गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?