कुखुराको भालेले ठुंगेर एक महिलाकाे ज्यान गयो !

एजेन्सी । अष्ट्रेलियामा एक महिलाले कुखुराको भालेले ठुंगेर ज्यान गएको छ । कुखुराको ठुङ्गाईबाट ७० कटेकी ती महिलाको मृत्यु भएको घटनाबाट प्याथोलोजिष्टहरु पनि आश्चर्यमा परेका थिए । त्यसैले सत्यतथ्य बुझ्न प्याथोलोजिष्टहरुको एउटा समूहले अनुसन्धाननै गरेको समाचारमा उल्लेख छ ।

अनुसन्धानबाट प्राप्त निष्कर्ष अगष्टको अन्त्यतिर प्रकाशित ‘जर्नल फोरेन्सिक साइन्स’मा छापिएको छ ।

युनिभर्सिटी अफ एडेलेड र नेदरल्याण्डको फोरेन्सिक इन्टीच्युटका प्याथोलोजिष्ट संलग्न अनुसन्धानमा महिलाको मृत्युबारे भनिएको छ ,‘अष्ट्रेलियामा घरमा पालिएको एउटा कुखुराको भालेले एक महिलाको देव्रे खुट्टामा आक्रमण गरेको थियो । भालेको ठुङगाईले महिलामा अनियन्त्रित रक्तश्राव भएपछि उनको निधन भयो ।’

‘कुखुराको भालेले महिलाको खुट्टामा पहिलेदेखि सुन्निएको नसा (भ्यारिकोस भेन)मा ठुङ्ग्न पुगेको थियो । रक्तनली फुटेर अत्यधिक रक्तश्राव हुदाँ उनको मृत्यु भएको देखिन्छ ,’ अनुसन्धान पेपरमा लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?