विवादित ‘भिडियो कन्फ्रेन्स’मार्फत प्रधानमन्त्री ओलीद्वारा दोस्रोपटक छलफल

काठमाडौं । सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दोस्रोपटक ‘भिडियो कन्फ्रेन्स’मार्फत मन्त्रिपरिषदका सदस्यहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री ओली मन्त्रीहरुको काम कारबाहीबारे जानकारी लिन भिडियो कन्फ्रेन्स’मार्फत छलफल गर्नुभएको हो । प्रधानमन्त्रीसँगको छलफलमा कुनै निर्णय नभएको जनाइएको छ ।

छलफलका क्रममा मन्त्रालयका समस्याहरु र मन्त्रिपरिषद बैठक नबस्दा रोकिएका कामबारे समेत प्रधानमन्त्रीले चासो राख्नुभएको थियो ।

यसअघि प्रधानमन्त्रीले संसदीय काम कारवाहीका बारेमा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङसँग छलफल गर्नुभएको थियो ।

उपचारका लागि सिंगापुर जानुभएका प्रधानमन्त्री ओलीले पहिलोपटक ९ भदौमा मन्त्रिपरिषदका सदस्यहरुसँग ‘भिडियो कन्फ्रेन्स’मार्फत छलफल गर्नुभएको थियो ।

तर, ‘भिडियो कन्फ्रेन्स’लाई लिएर वैधानिकतामा प्रश्न गर्दै तीव्र आलोचना भएको थियो ।

यो पनि पढ्नुहोस्ः

ओली सरकारका ‘ढँटुवा’ सञ्चारमन्त्री !

नेपालको इतिहासमा पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक

‘भिडियो कन्फ्रेन्स’बाट मन्त्रीपरिषद् बैठक गरिएकोप्रति कांग्रेसको गम्भीर आपत्ती

‘भिडियो कन्फ्रेन्स’मार्फत मन्त्रीपरिषदको बैठक भएकोप्रति कमल थापाको आपत्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?