‘भिडियो कन्फ्रेन्स’मार्फत मन्त्रीपरिषदको बैठक भएकोप्रति कमल थापाको आपत्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘भिडियो कन्फ्रेन्स’मार्फत मन्त्रीपरिषदको बैठक सञ्चालन भएकोप्रति आपत्ति जनाउनुभएको छ । सोमबार एक ट्वीट गर्दै उहाँले देशमा आपतकाल चलिरहका बेला सरकार देखावटी तामझममा लागेको आरोप लगाउनुभएको छ । सरकारप्रति जनतामा वितृष्णा बढ्दै गएको उल्लेख गर्दै उहाँले सरकार ‘वाईहात र देखावटी तामझाममा’ लागेको टिप्पणी गर्नुभएको हो । यस्तै, उहाँले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई सही सुझव दिन पनि आग्रह गर्नुभएको छ ।

सोमबार नेपालको इतिहासमा पहिलोपटक ‘भिडियो कन्फ्रेन्स्’मार्फत मन्त्रीपरिषदको बैठक बसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?