काठमाडौंमा एकै ठाउँमा झुण्डिएको अवस्थामा महिला र पुरुषको शव फेला, यसो भन्छ प्रहरी

काठमाडौं । काठमाडौंको गौशालास्थित पशुपति भण्डारखाल जंगलमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव फेला परेको छ ।

भण्डारखाल जंगलको एउटै रुखमा दुईजना झुण्डिएको अवस्थामा उनीहरुको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिएको छ । मृतकद्धय खोटाङको दित्तेल नगरपालिका–१० घर भई काठमाडौंको बाँसबारी बस्दै आएका जय गिरी (४० बर्ष) र खोटाङ बस्ने उमिता दमाई भएको प्रहरीले जानकारी दिएको छ ।

खोटाङको याङ्खा गाउँपालिका–५ घर भएकी उमिता केही दिनअघि मात्र काठमाडौं आएको बताइएको छ । आत्महत्याको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो छुटाउनुभयो की ?

‘दाजु बहिनी’ पर्ने विवाहिता एउटै पासोमा झुण्डिएर आत्महत्या, फेसबुकमा जे देखियो !

महिला र पुरुषको शव होटलमा भेटियो, हत्याको आशंका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?