‘दाजु बहिनी’ पर्ने विवाहिता एउटै पासोमा झुण्डिएर आत्महत्या, फेसबुकमा जे देखियो !

appharu
26
Shares


दार्चुला

महाकाली नगरपालिका वडा नम्बर ४ जिल्ला सदरमुकाम खलंगा ।

बिहानको समय ।

सिमसिम पानी परेको मौसम । तापक्रमको पारोले २७ /२८ को हाराहारी देखाएको छ ।
अचानक खलंगा बजार स्तब्ध हुन्छ । खैलाबैला हुन्छ ।

प्रहरी साईरन बजाउँदै घटनास्थल पुग्छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र शाही, प्रहरी प्रबक्ता हिक्मत बहादुर बोहरा लगायतको प्रहरी टोली घटनास्थल पुग्नेबित्तिकै कोहि फोन चलाउन थाल्छन् । कोही परिवारका सदस्यलाई खबर गर्नतिर लाग्छन् ।


भएको के हो ?

सोमबार साँझ सदरमुकाम खलंगा आएका एक यूवति र यूवाले सदरमुकाम खलंगामा रहेको होटलमा पुगेर एउटा रुम लिन्छन् । रात बित्छ । बिहान सबेरै जानुपर्ने भनि होटल सञ्चालकसँग कुराकानी गर्छन् ।


आफूहरु श्रीमान्श्रीमती भएको बताउने दुवैजना बिहानसम्म नउठेपछि होटल सञ्चालक बोलाउन जान्छन् । ढोकाबाट आवाज दिन्छन् तर भित्रबाट आवाज आउदैन । त्यसपछि उनले होटलको कोठाको झ्यालबाट चिहाउँछन् । भित्रकेहि सुनसान पाउँछन् । उनले पर्दाको चेपबाट देख्छन् विभत्स दृश्य ।


पंखामा झुडिरहेका यूवायूवति ।

त्यसपछि होटल संञ्चालक आत्तिदै होटलका अरु स्टाफ बोलाउछन् । खैलाबैलापछि स्थानीय पनि जम्मा हुन्छन् । प्रहरीलाई खबर पुगेपछि प्रहरी टोली घटनास्थल आउँछ ।

दाजुबहिनीले एउटै डोरीमा झुण्डिएर आत्महत्या गरेको दृश्यले प्रहरी पनि एकछिन् चकित पर्छ । र घटना प्रकृति हेर्छ । तस्वीर जम्मा पार्छ । मुचुल्का तयार पारी आफन्तलाई खबर गर्छ र विभिन्न कोणबाट अनुसन्धान सुरु गर्छ ।


होटल सञ्चालकसँग प्रहरीले सोधपुछ गर्छ ।

शैल्य शिखर नरपालिका वडा नम्बर ५ बगौरा बस्ने महादेव डागा र मनिसा डागा एउटै पासोमा तुन्दुङ्ग झुण्डिरहेका हुन्छन् । उनीहरुले सोमबार राती एउटै डोरीमा झुण्डिएर आत्महत्या गरेका थिए ।

उनीहरु पङ्खामा डोरी लगाइ झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।
मंगलबार बिहान ।

अन्दाजी २८ वर्षका महादेव डागा र अन्दाजी २२ वर्षकी मनिसा डागा नातामा दाजु बहिनी पर्छन् । मनिसा नवविवाहिता हुन् । उनले गएको जेठमा विवाह गरेको पारिवारीक सदस्यले बताए । मनिसाको माइती घर भने शैल्यशिखर नगरपालिका ५ आगर नै हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी हिक्मत बोहराका अनुसार सदरमुकामबाट उनीहरुको घर ४ पाँच घण्टाको दुरीमा छ । परिवारलाई खबर गरिएको छ । उनीहरु आउँदै भएको कारण शब पोष्टमार्टम गर्न पठाइएको छैन ।


मृतकको फेसबुकबाट कसले लेख्यो ‘रिप
घटनामा अचम्मीत पार्ने केहि पाटोहरु छन् । जस्तो कि मनिसा नवविवाहिता हुन् । परिवारले बताएअनुसार महादेवका दुईवटा श्रीमती छन् । फेरी उनीहरु नातामा दाजुबहिनी पर्ने सम्बन्धका दुईजना एउटै पासोमा झुण्डिनुपर्ने कारण के हो ?


महादेवले फेसबुक स्टाटसमा मनिसाको फोटो तारन्तार पोष्ट गरिरहेका छन् । उनको तस्वीर सेयर पनि गरिरहेका छन् । मनिसाको विवाहपश्चात उनले शंकास्पद लाग्ने भावनाहरु उनी लक्षित गर्दै किन अभिव्यक्त गरे ?


महादेवले तीनओटा फेसबुक आईडी चलाउँदै आएका थिए । एउटै व्यक्तिले तीनओटा फेसबुक प्रयोग गर्नुपर्ने कारण के हो ?


यी सबै प्रशनहरुको सुक्ष्म ढंगबाट अनुसन्धान भइरहेको प्रहरी अधिकारीले बताएका छन् । मृतक दुबैको फोटो पोस्ट गर्दै सोमबार राति नै महादेवको फेसबुकमा ‘रिप’ लेखि पोष्ट गरिएको छ ।
हेर्नुहोस् फोटो ।


मृतक महादेव डाँगाको नाममा खोलिएको फेसबुक आइडीमा सोमबार राती ११ बजेर १७ मिनेटमा मृतक दुबैको फोटो फेसबुकमा पोष्ट भएको पाइएको छ ।


मृतक महादेव सिँह डाँगा नामबाट खोलिएको फेसबुक आइडीमा अन्तिम पोष्टमा दुबैको फोटो सहित रिप लेखेर पोष्ट भएको छ ।

महादेवको फेसबुक आइडीबाट यसअघिका विभिन्न पोष्टहरुमा पनि मृतक दुवैको फोटो राखी ‘बहिनी र म’ लेखेर पोष्ट गरिएको देखिन्छ ।
हेर्नुहोस् फोटो

घट्नाको प्रकृति हेर्दा र प्रारम्भिक अनुसन्धानबाट प्रेम सम्बन्ध भएको हुन सक्ने आशंका गरिएको अनुसन्धानमा खटिएका प्रहरी अधिकारी बताउँछन् ।

सबै तस्वीर : सामाजिक सञ्जाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?