राष्ट्रिय महिला भलिबल प्रतियोगितामा न्यू डायमण्डलाई हराउँदै पुलिस च्याम्पियन

appharu
0
Shares
तस्वीर गूगल

पोखरा । तीज महोत्सव राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लबले उपाधि उचालेको छ । पोखराको लामाचौरमा सोमबार भएको उपाधि भिडन्तमा चार पटकको च्याम्पियन होङ्ग्वान्जी न्यू डायमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बन्न सफल भएको हो ।

पुलिसले न्यू डायमण्डमाथि पहिलो सेटमा २५–१६, दोस्रो सेटमा २५–१४ र तेस्रो सेटमा २५–२० को जित निकाल्यो ।

पुलिसले पहिलो पटक यस प्रतियोगिताको उपाधि जितेको हो ।

उपाधिसँगै पुलिसले १ लाख तथा उपविजेता बनेको न्यू डायमण्डले ६५ हजार नगदमा

प्रतियोगितामा गण्डकी प्रदेश तेस्रो भयो । तेस्रो स्थानको लागि भएको खेलमा श्रीराम खेलकुद विकास समिति दाङलाई ३–० को सोझो सेटमा पराजित गर्दै गण्डकी तेस्रो भएको हो ।

नवआदर्श सामुदायिक विकास समाजले आयोजना गरेको प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो ।

याे पनि पढ्नुहाेसः

तीज महोत्सव राष्ट्रिय महिला भलिबलमा गण्डकी प्रदेश तेस्रो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?