जेसीबी डोजरको रङ किन पहेंलो हुन्छ ? यस्तो छ रहस्य !

काठमाडौं । जेसीबी लेखिएका डोजर, एस्क्याभेटरलगायतका निर्माण क्षेत्रमा प्रयोग हुने मेसिनहरु नदेख्ने सायदै होलान् । तर त्यो सधैं पहेंलो नै हुन्छ तपाइले कत्तिको ख्याल गर्नुभएको छ ?

जेसीबीका मेसिनहरुको रङका बारेमा थाहा पाउनुअघि यो मेसिन बनाउने कम्पनीका बारेमा केही रोचक तथ्यहरु पनि बुझ्नुपर्ने हुन्छ ।

वास्तवमा जेसीबी निर्माण उपकरण निर्माता एक कम्पनी हो । यसको मुख्यालय बेलायतको स्टाफोर्डशायरमा छ । यसका उत्पादन प्लान्टहरु विश्वका चारवटा महादेशका विभिन्न देशहरुमा रहेका छन् ।

जेसीबी दुनियाँको एउटा यस्तो कम्पनी हो, जसले कुनै पनि नामबिना सन् १९४५ मा आफ्नो पहिलो खन्ने मेसिन लञ्च गरेको थियो । यो मेसिन बनाउने कम्पनीले यसको नाम के राख्ने ? भन्ने बारेमा धेरै सोच विचार गर्यो । अन्ततः नाम जुराउन नसकेपछि यसका आविष्कारक जोसेफ सायरिल बमफोर्डको नामको छोटकरी रुप जे‍‍‍.सी‍. बी राखियो ।

जेसीबी बेलायतको एउटा यस्तो पहिलो कम्पनी हो, जसले भारतमा आफ्नो पहिलो कारखाना खोलेको थियो । अहिले पनि सबैभन्दा धेरै जेसीबी मेसिन दुनियाँमै भारतमै निर्यात हुने गरेका छन् ।

सन् १९४५ मा जोसेफ सायरिल बमफोर्डले सबैभन्दा पहिले टिपिंग ट्रेलर बनाएका थिए । त्यस समयमा उक्त मेसिनको मूल्य ४५ पाउण्ड तोकिएको थियो ।

जेसीबीले विश्वको पहिलो तथा सबैभन्दा तीव्र गतिको ट्रयाक्टर सन् १९९१ मा बनाएको थियो । उक्त ट्रयाक्टरको नाम फास्ट्रयाक थियो । त्यसको अधिकतम गति प्रतिघण्टा ६५ किलोमिटर थियो ।

सन् १९४८ मा जेसीबी कम्पनीमा जम्मा ६ जनाले काम गर्दथे । अहिले उक्त कम्पनीमा विश्वभरमा गरी ११ हजार जनाले काम गर्दछन् ।

सुरुवातमा जेसीबी मेसिनहरु सेतो रङका हुने गर्दथे । तर पछि यसको रङ पहेँलो बनाइयो । जेसीबीको रङ पहेँलो बनाउनुमा कम्पनीको वैज्ञानिक तर्क छ । मेसिनको रङ पहेँलो हुँदा निर्माण तथा उत्खनन स्थलमा यो मेसिन टाढैबाट प्रष्ट देखिने हुन्छ । यसले हिँडडुल गर्ने तथा अन्य मानिसलाई समेत जानकरी प्राप्त भई सतर्क हुन सहयोग पुर्‍याउँदछ । एजेन्सीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?