रवी लामिछाने पक्राउबारे परराष्ट्रमन्त्रीले मुख खोले !

काठमाडौं । पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछानेका बारेमा पहिलो पटक परराष्ट्रमन्त्रीले मुख खोल्नुभएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कानुन भन्दामाथि कोही पनि नभएको भन्दै उहाँले भिडियो सार्वजनिक भएपछि रवि लामिछानेलाई सोधपुछका लागि पक्राउ गरिएको बताउनुभयो |

शनिवार गृहजिल्ला गुल्मीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री ज्ञवालीले भन्नुभयो, “हामी कोही पनि कानुनभन्दा माथि छैनौं र रवि जी पनि हुनुहुन्न ।”

मन्त्री ज्ञावलीले पत्रकार सालिकराम पुडासैनीको भिडियो आफूले हेरेको बताउँदै भन्नुभयो, ‘केही कुराहरू एक-आपसमा बाझिएका पनि छन् । त्यो कुरा सत्य नहुन पनि सक्छ, तै पनि मरेर जाने मान्छेले त्यसो भनेपछि सोधपुछ गर्नैपर्छ ।’

मन्त्री ज्ञवालीले भन्नुभयो, निर्दोष मान्छे फस्ने कुरा हुँदैन दोषी भए कुनै पनि ओहदाको मान्छे भन्नु हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?