रवी लामिछाने पक्राउपछि धुर्मुस सुन्तलीले यसो भने

appharu
0
Shares
तस्विर: गुगल

काठमाडौं – झुण्डिएर आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले पत्रकार रवी लामिछानेसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्की पक्राउ गरेको छ । त्यसपछि सामाजिक सञ्जालमा मानिसहरुले आ आफ्ना धारणा सार्वजनिक गरिरहेका छन् । निसर्त रिहाईको माग गर्दै उनका समर्थक सडकमा उर्लेका छन् । आमजनताले निष्पक्ष रुपमा घटनाको छानविन हुनुपर्ने भन्दै आ – आफ्नो धारणा राखिरहेका छन् ।

यसैबीच कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कलाकार कुन्जना घिमिरे ‘सुन्तली’ले पनि फेसबुकमा स्टाटस राख्दै धारणा सार्वजनिक गरेका छन्। कलाकार सिताराम कट्टेलले लेखेका छन् –

अनुसन्धानका लागि प्रहरीले रवि लामिछाने दाइलाई हिरासतमा लिएको छ । यसले सत्यतथ्य छानबीन गर्न थप मद्दत गर्ने छ’, कट्टेलले सामाजिक सञ्जालमा भनेका छन्, ‘हामी आशा गर्छौं, यसको निष्पक्ष छानबिन होस् । निर्दोषहरू नपरून् दोषीहरू नछुटुन् । सत्यको जित होस । शुभ दिन ’’

त्यस्तै कलाकार कुन्जानाले लेखेकी छिन् –
‘’अनुसन्धानको लागि रबि दाइलाई प्रहरीले हिरासतमा लिएको छ आसा छ सत्य तथ्य पत्ता लाग्न थप मद्दत पुग्नेछ ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?